
म त छिट्टै मर्छु होला रमाएरै बाँच्नु तिमी,
नाम संगै दाम पनि कमाएरै बाँच्नु तिमी ।
वरिपरि शुन्य होला म, मर्दाको पल कतै,
नरुनु है, मुटु आफ्नो थमाएरै बाँच्नु तिमी ।
उचनिच दाया बायाँ कहिकतै गरे पनि,
समाजमा आफ्नो हक जमाएरै बाँच्नु तिमी ।
एक्लै बस्दा एकान्तमा मेरो याद आयो भने,
मेरो त्यो रुमाल चिनो समाएरै बाँच्नु तिमी है ।

रोशनी सुनार
कञ्चनपुर दोधारा चाँदनी







