दोधारा । दोधारा चाँदनी नगरपालिकाको पश्चिम क्षेत्रमा बसोबास गर्ने बादी घरपरिवारलाई खाना र बस्नको समस्यामा पर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका बादी समुदायहरु गँस, बास र कपासको पुर्ती नहुदा समस्यामा परेका हुन् । दोधारा चाँदनी नगरपालिकामा नेपाल सरकारले गरिब तथा बिपन्न परिवारलाई भनेर आवास कार्यक्रम बितरण गर्दै आएपनि झन्डै ८ घरधुरी बसोबास गर्दै आएको बडवाल टोलका बादी समुदायमा भने त्यसको कुनै असर परेको देखिदैन । गाँस र कपासको समस्या मात्र नभई बस्नका लागि वर्षा याममा त्रिपाल मुनी रात काट्नु पर्ने हुदा निकै समस्या हुने गरेको बडवाल टोलका बादी घर परिवारका मुखिया बिरभाने बादीले बताउछन् े। देश संघियता आएको भएपनि दोधारा चाँदनीका बादी समुदायको जीवन भने निक्कै कष्टकर बन्दै आएको छ् । बादी समुदायहरुलाई एक छाक टार्न समेत धौ धौ भएका बेला सरकारले आवासको मात्रै भएपनि व्यवस्था व्यवस्था गरिदिए आफुहरुलाई निक्कै राहत हुने उनीहरुको भनाई रहेको छ् ।


गैरसरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले दिएको त्रिपालको सहारामा दिन काट्दै आएको बादी घरपरिवारका मुखिया बिरभाने बादीले दुखेसो पोखे । ‘त्रिपालको सहारामा दिन काट्दै आएका छौं, छानो बनाएको त्रिपाल रातीको समयमा नानीहरुलाई आकाशको पानीबाट जोगाउनै रात बित्छ् ।’ बादी परिवारको अर्का बादी रेशम बादीले भने । राम्रो बासस्थान नभएको कारण अहिलेको वर्षात कसरी काट्ने हो भन्ने उनिहरुमा चिन्ता छाएको छ् । ‘सिजनमा माछा मार्ने, मादल मोर्ने र सिजन नहुदा अर्काको मजदुरी गरेर साँझ–बिहानको छाक टार्ने गर्छौ’ रेशम बादीले भने । हावा संग आएको वर्षा भएको बेला त्रिपालले पानी थेग्न नसक्दा कयौं रात अनिदो बिताउनु परेको उनले बताएका छन् । ‘वर्षाको समयमा पानी चुहिन्छ् । पानी पर्दा रातभर सुत्न पाईदैन । कपडाहरु भिजेका हुन्छन् । हावाहुरीले बारम्बार त्रिपाल फाल्छ, कहिले काहीं भागा भाग हुन्छ्’ रेशम बादीले बताए । बादी घरपरिवारलाई एक छाक खानाको निकै समस्याले पिरल्दै आएको अवस्थामा बासको मात्र सरकारले व्यवस्था मिलाई दिएमा आफुहरुलाई ठुलो सहयोग हुने रेशम बादीका श्रीमती सिता बादी बताउछन् । अन्य जातीको भन्दा बादी जातीलाई राज्यले अपहेलित गरेको उनिहरुको बुझाई छ् । देशकै सानो समुदायकोरुपमा रहेको बादी समुदायको संरक्षण गर्दै उनिहरुको जिवन शैली परिवर्तन गर्न सहयोग गर्नु राज्य पक्षको प्रमुख दायित्व रहेको जानकारहरु बताउछन् । सरकारले आफ्नो जनताहरुको गाँस, बाँस, कपास संगै शिक्षाको ग्यारेन्टी लिन पछि हट्नु हुदैन् । खाना र बस्नको चरम अभावमा पिल्सीरहेका बादी घरपरिवारलाई स्थानिय सरकार र यहाँ क्रियाशिल गैरसरकारी संघ संस्थाको समयमै ध्यान पुर्याउनु आवश्यक देखिन्छ् । चरम पिडाका अल्झीदै आएको दोधारा चाँदनीका बादी घरपरिवार जस्ता गरिब तथा बिपन्न बर्गको आधारभुत आवश्यकता मात्रै पुरा गर्न सके पनि समृद्धि आउने हो । कागजमा मात्रै सृमिद्ध र बिकास लेखेर समृद्धि आउनेवाला छैन् ।







