काग्रेंस नेता लेखकको घरदैलोमा स्थानियहरुको उत्साहजनक उपस्थिती


दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्व मन्क्री रमेश लेखकले घर दैलो कार्यत्रम अन्तिम चरणमा पुगाएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री रमेश लेखकको पुर्व निर्धारित कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिकाको सबै वडामा रहेको घरहरुमा स्थानियहरु संग भेट गर्ने कार्यक्रम अनुसार गएको २२ गते देखि भेटघाट कार्यक्रम सुरु गरिएको हो । जनता संग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम अनुसार आज दोधारा चाँदनी नगरपालिका वडा नं. ९ मा स्थानियहरु संग भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । २२ गतेबाट संचालन गरिएको भेटघाट कार्यक्रम ३२ गते सक्ने पुर्वनिर्धारित कार्यक्रम भएपनि कांग्रेस एक युवा नेताको निधन भएपछि एक दिन घरदैलो कार्यक्रमलाई स्थगित गरिएको हो । ‘आज वडा ९ नम्बर घरदैलो पूरा भएको छ, भोली वडा नं. १० मा कार्यक्रम रहेको छ् । १ नम्बरमा स्थगित भएको छ’ नेपाली काग्रेंस नेता तथा शुदुरपश्चिम प्रदेश सह–महामन्त्री गोपाल दत्त भट्टले भने– ‘सबै वडामा स्थानिय बासिन्दा सित भेटघाट गरियो, घरदैलो कार्यक्रम निकै उत्साहजनक भईरहेको छ् ।’ भेटघाटमा स्थानियहरुले नेता लेखकलाई बिकास प्रेमी नेता बताउदै आफ्नो गाँउ, बस्तीको समस्या राख्दै आएको नेपाली काग्रेंस नेता तथा शुदुरपश्चिम प्रदेश सह–महामन्त्री गोपाल दत्त भट्टले बताएका छन् । नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्क्री रमेश दत्त लेखकको दोधारा चाँदनीको घरदैलो कार्यत्रममा स्थानियहरुको उत्साहजनक उपस्थिती रहदै आएको उनले बताए । ‘घरदैलोमा स्थानिय संग भेटघाट गरी उनीहरुको समस्या बारे जानकारी लिईएको र समाधानका लागि पहल गरिने कार्यक्रम भए अनुसार भेटघाट गरिएको छ्’ नेपाली काग्रेंस नेता तथा शुदुरपश्चिम प्रदेश सह–महामन्त्री भट्टले भने– ‘स्थानियबाट आएका समस्यालाई टिपोट गरिएको छ्, सबै वडाबाट समस्या आएका छन्, तिनलाई समाधानका लागि पहल गर्छौ ।’ नेता लेखकको घरदैलो पश्चात काग्रेंसका स्थानिय नेताहरु बैठक बसेर समिक्षा गर्ने बताईएको छ् ।

काग्रेंसका नेता लेखक घरदैलोमा पुगेपछि स्थानियहरुले फुलमाला लिएर स्वागत गरेका छन् । स्थानिय काग्रेंसका नेता बिर रावतले नेता लेखक दोधारा चाँदनी नगरपालिकाको बिकास गर्ने नेता बताउदै आगामी दिनहरुमा नेता लेखकले दोधारा चाँदनी नगपालिकामा बिकास कार्यलाई निरन्तरता दिने बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा अझै सम्म निमार्ण भएका झोलुङ्गे पुल, महाकाली नदीमा ४ लेनको पक्की पुल, मलेरिया नालामा पक्की पुल लगाएत थुप्रै बिकास निमार्णका कार्य अघि बढाउने नेता रमेश दत्त लेखकनै रहेको स्थानिय काग्रेंसका नेता बिर रावतको दाबी छ् । पुर्व मन्त्री लेखकको घरदैलोमा कांग्रेस नेता, कार्यकर्ता, जनप्रतिनिधि सहभागी भएका छन् । कांग्रेसका पूर्व जिल्ला उप–सभापति गोपाल सिह गुरुङ्ग सहित कांग्रेसका जिल्ला उप–सचिव नाफु सिह साँउद, प्रदेश सभापती पुष्कर जोशी, काग्रेंस महाधिबेशन प्रतिनिधी बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिका नगर सभापति राजेन्द्र मल्ल लगाएतका नेताहरु घरदैलोमा दैनिक सहभागी भएका छन् ।


ताजा समाचार

spot_img