दोधारा । सामाजसेवी भिम कुमालले दोधारा चाँदनी नगरपालिकामा ३ महिने निशुल्क सिलाई कटाई तालिम सुरु गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ आसपासका महिलाहरुलाई लक्षित गर्दै दोधारा चाँदनी नगर क्षेत्रमा सामाजसेवी नाउले चिनिएका भिम कुमालको आफ्नै ब्यक्तीगत लगानीबाट ३ महिने निशुल्क सिलाई कटाई तालिम संचालन गरिएको छ् । सामाजसेवी कुमाल स्थानिय निर्वाचनमा स्वतन्त्र समुहबाट मेयर पदका उम्मेदवार समेत रहेका थिए । बिगतका दिनहरुमा नगर क्षेत्रमा थुप्रै सामाजिक कार्य गरेर नाउ चलाएका भिम कुमालले स्थानिय बिपन्न तथा गरिब महिलाहरुको जिविकापार्जन गर्न सहज होस् भन्नको लागी ३ महिने सिलाई कटाई तालिम संचालन गरेका हुन् । तालिममा ४० जना स्थानिय महिलाहरुको सहभागिता रहेको बताईएको छ् । दुई समुहमा संचालन गरिएको सिलाई कटाई तालिममा २०/२० जना महिलाहरुको समुहले तालिममा सहभागी हुदै आएको सिलाई कटाई तालिमका प्रशिक्षक जानकी सुनारले बताएका छन् । तालिममा रामकला सुनार र जानकी सुनार प्रशिक्षक रहेका छन् । स्थानियहरु महिलाहरुले ३ महिने निशुल्क सिलाई कटाई तालिम गर्न पाएकोमा सामाजसेवी भिम कुमाललाई धन्यबाद दिदै आगामी दिनहरुमा समेत यस्ता जनजिविका संग जोड्ने कार्यक्रम संचालन गर्न आग्रह गरेका छन् । तालिममा सहभागी लक्ष्मी साँउदले सामाजसेवी कुमालको ब्यक्तीगत सहयोगमा निशुल्क सिलाई कटाई तालिम मा सहभागी हुन पाएर सिप सिक्ने बाताबरण श्रजना भएको भन्दै सामाजसेवी कुमाललाई धन्यबाद दिएका छन् । ‘हामीले सिप सिक्ने मौका पायौ’ लक्ष्मी साँउदले भने । ‘सामाजिक कार्य गर्न मलाई निकै रहर भएको हुदा गाँउ बस्तीमा समस्यामा रहेकाहरुलाई केही गरौ भन्ने लाग्छ्’ सामाजसेवी भिम कुमालले भने– ‘गाँउ बस्तीमा रहेका बिपन्न तथा गरिब महिलाहरुलाई उनिहरुको जिविकापार्जन संग जोड्नको लागी तालिम संचालन गरेका हु ।’ सामाजसेवी कुमालले भने । बिगत लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहेका भिम कुमालको सामाजिक कार्य प्रति स्थानियहरुले खुशी प्रकट गर्दै प्रशंसा गरेका छन् ।







