दोधारा । दोधारा चाँदनी नगरपालिकाका बादी घरपरिवारले नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश दत्त लेखकलाई ज्ञापन पत्र बुझाएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा बस्दै आएका ७ घरपरिवारले नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश दत्त लेखकलाई आफ्नो समस्या हल गरिदिन ज्ञापन पत्र बुझाएका हुन् । दोधारा चाँदनी नगरपालिकामा नेपाली काग्रेंसका नेता लेखक स्थानियहरुको घरदैलो कार्यक्रममा रहेको अवस्थामा आज बिहान बडवाल टोलमा रेशम बादी, सिता बादी लगाएत बादी परिवारले बादी समुदायको अवस्था झल्काउदै बादी घरपरिवारको गाँस, बास तथा कपासमा सहयोग गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको रेशम बादीले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको बिकास गर्ने नेताको नाउबाट परिचित नेपाली काग्रेंसका नेता रमेश लेखक रहेको बताउदै रेशम बादीले आफुहरुको समस्या निराकरण हुनेमा आफुहरु ढुक्क भएको बताएका छन् । ‘हामीले देखेका छौं, मन्त्री रमेशजीले दोधारा चाँदनी नगरपालिकामा थुप्रै बिकास गर्नु भएको छ् । तसर्थ हामी बादी परिवारको समस्या हल गर्नेमा हामी ढुक्क छौं’ रेशम बादीले भने ।


बडवाल टोलका बादी घरपरिवारहरु छाक टार्नको निम्ती दैनिक गाँउ बस्ती चाहारेर माग्ने गर्दै आएका छन् । त्रिपालमा बस्दै आएका बादी घरपरिवारका युवाहरु कामको खोजीमा भौतरिरहेका छन् । सरकारले उनिहरुलाई बस्नको लागी घर र छाक टार्न सानै भएपनि रोजगारी ब्यवस्था गरिदिओस भन्ने चाहान्छन् । मन्त्री लेखक संगको भेटमा बादी घरपरिवारहरुले आफुहरुको पिडा दर्शाउदै आफुहरुको माँग पुरा हुनेमा ढुक्क भएको बताएका छन् । नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश दत्त लेखकले बादी घरपरिवारको समस्याहरु सुनेर आफुले बादी घरपरिवारलाई आधारभुत आवश्यकता पुरा गर्न कटिबद्ध रहने बताए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश दत्त लेखक, नेपाली काग्रेंसका नेता गोपाल दत्त भट्ट, बेल बहादुर राना, गोपाल गुरुङ्ग, पुष्कर जोशी, मथुरा पन्त लगाएत दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशी, स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।








