जिल्ला खेलकुद समितिले जिल्ला छनोट फारम भर्न मिति घोषणा

जिल्ला छनोटका लागि सहभागी हुने खेलाडीले साउन मसान्तसम्म फारम दर्ता गर्नु पर्ने


महेन्द्रनगर : कञ्चनपुर जिल्ला खेलकुद समितीले जिल्ला छनोटका लागि खेलाडी फारम दर्ताका लागि सम्बन्धित खेलका सम्पुर्ण खेलाडि लाई खेलाडी दर्ता फारम भर्न एक सूचना जारी गरेको छ।

एक सुचना जारी गरि कंचनपुर जिल्ला भरी प्रशिक्षणमा रहेका खेलाडिहरुलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जिल्ला छनोटमा सहभागि हुनका लागि फारम दर्ता गर्न समेत अनुरोध गरेको हो।

गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कार्तीक ३ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३६ खेल समावेश गरिएका छन् । जसका लागि जिल्ला हुँदै प्रदेश छनोट गरि एउटा प्रदेशको नेतृत्व गर्दै राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको टिम सहभागी हुने छ।

आज शुक्रबार जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्का को हस्ताक्षर गरिएको सूचनामा विभिन्न विधाका खेलाडीले यहि श्रावण मसान्तसम्म सम्बन्धित खेल प्रशिक्षक अर्थात जिल्ला खेलकुद समितिमा फारम भरी बुझाउनु पर्ने जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाश चन्द्र गिरिले बताउनुभयो ।

उनले भने जिल्ला भरिमा प्रशिक्षणमा रहेका मात्रै नभई उक्त प्रतियोगितामा सहभागी हुने अन्य सम्पुर्ण खेलका खेलाडीले २०७९ श्रावण मसान्त भित्र फारम दर्ता गराउन समेत आग्रह गरेको हो। फारम नभरेका खेलाडी लाई प्रतियोगिताको क्रममा हुने जिल्ला छनोटमा समेत समावेश नगराइने उक्त सुचनामा उल्लेख गरिएको छ।

जिल्ला खेलकुद समितिले जारी गरेको सूचना


ताजा समाचार

spot_img