धिरेन्द्र भट्ट/कंचनपुर : प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेकि नेतृ निरुदेवी पालले नागरिकताको सवालमा हाम्रो मन ठूलो छ भनी देखाउन हुन नहुने भनाई राखेकी छिन।

शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयक माथिको दफावार छलफलमा बोल्दै सदस्य पाल ले नेपाल जस्तो भौगोलिक र जनसंख्यामा सानो रहेको मुलुकले नागरिकताको बिसयमा गम्भीर हुन आवस्यक रहेको बताइन्। नागरिकताको प्रयोगले नै ब्यक्तिलाई आर्थिक, समाजिक र राजनैतिक सहभागिताको अधिकार प्राप्त हुने भएकोले नागरिकता वितरण जस्तो अति संबेदनसिल बिसयलाई राज्यले संबेदनसिल ढङ्गले लियोस भन्ने चाहना अभिव्यक्त गरिन।

‘नागरिकता वितरणको बिसयमा हामी जस्तो सानो अवस्थिति भएको मुलुकले गम्भिरता पुर्वक सोच्नु पर्दछ।’ उनले भनिन्, ‘नागरिकता सवालमा हाम्रो मन ठूलो छ भनेर देखाउन नखोजौ। हाम्रो सार्वभौमसत्ता सप्पन्न मुलुकलाई फिजिकरण हुन तर्फ नधकेलियोस भन्ने कुरामा सजक रहन म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु।’

उनले विकसित मुलुकहरुले समेत अङ्गिकृत नागरिकता विशेष परिस्थिति र विशेष समयमा विशेष अवस्था पूरा गरेर मात्रै वितरण गर्ने हुँदा नेपालमा मात्रै बिवाहा गरेर ल्याएको भोलि पल्टै नागरिकता दिने काम कदापि राम्रो नभएको बताइन्। नेपाली नागरिक बिसौ बर्ष श्रम गरेर पनि कतिपय मुलुकमा अनागरिकको दर्जामा रहेको उनले भनिन्।
उनले दुई ठूलो जनसंख्या भएको देशको बिचमा सानो भूगोल भएको नेपाल जस्तो संबेदनसिल मुलुकमा नागरिकता पर्चा पम्प्लेट बाडे जसरी बाड्न थालियो भने हाम्रो स्रोत परिचालन र स्रोतमा पहुँच कस्तो होला भन्ने प्रश्न गरिन।
विवाहित भएर आउने चेलिलाई आउने बित्तिकै कुनै समय सिमा नराखी नागरिकता प्रदान गर्ने प्रावधान पश्चात आउन सक्ने जटिलताको बिसयमा सरकारले थप अध्यन गरेको जस्तो नलागेको उनको भनाई छ ।






