अचानक मन बल्झिएर

अचानक मन बल्झिएर कब दुख्न थाल्छ
अनपेक्षित व्यवहारहरू जब दुख्न थाल्छ।

रस चुस्छ फूलहरूको बेवास्ता गर्छ भमरा
देखेर दृश्य त्यो चसक्क तब दुख्न थाल्छ।

कहिलेकाहिँ आफैले आफैलाई पढ्नुपर्छ
के हुन्छ, शिरदेखी पाउ सब दुख्न थाल्छ।

फर्केर हेर्छु लाग्दैन गल्ती गरेछु पढेर भन्ने
तर बजार भाउ हेर्छु, गजब दुख्न थाल्छ।

चोट उस्तै नहुन सक्छन घाउहरू दुख्दैन
तर किन कसैलाई बेमतलब दुख्न थाल्छ ।

धर्मानन्द भट्ट

ताजा समाचार

spot_img