बेलौरीका काँग्रेस नेता सुनार, बेलडाँडी एमाले नेता चौधरी माओवादी केन्द्रमा प्रवेस


कञ्चनपुर: नेपाली काँग्रेस बेलौरीका नेता गणेश सुनार, बेलडाँडी एमाले नेता राज बहादुर चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । काँग्रेस जिल्ला सदस्य समेत रहेका सुनार बेलडाँडी एमाले नेता चौधरी सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।

नेकपा माओवादी केन्द्रका नेता दिपक तिमिल्सेनाले काँग्रेस जिल्ला सदस्यसंगै बेलौरी नगर सदस्य सबिता राना, मिना राना, बेलौरीका बुद्धिजिवी गुरु प्रशाद चौधरी सहितका दर्जनौँ नेता कार्यकर्ता एव अन्यले माओवादी केन्द्र प्रवेस गरेको बताए । माओवादी नेतृ एव पुर्वमन्त्री बिना मगर सहित केन्द्रीय सदस्य दिपा चौधरी नेताहरु पुष्कल चौधरी, रामलाल राना, राजेन्द्र प्रशाद जोशी सहितका नेताहरुले काँग्रेस, एमालेबाट पाटी परित्याग गरेका नेताहरुलाई स्वागत गरेका छन ।

माओवादीकै आन्दोलन, संघर्ष र एजेण्डाका कारण आज महिला, दलित महिला राजनीतिक उच्च तहको पदमा जिम्मेबारी पाएको भन्दै उसको नीति, एजेण्डा उसैलाई सहयोग गर्ने भन्दै महिला, दलित आदिवासी माओवादी केन्द्रमा प्रवेस गरिरहेका छन ।


ताजा समाचार

spot_img