बिरामी फुपु भेटन गएकी लालझाडीकी रामकली सम्पर्कबिहिन


कञ्चनपुर: बिरामी फुपुलाई भेट्न गएकी कञ्चनपुरको लालझाडी गाँउपालिकाकी एक महिला सम्पर्क बिहिन भएकी छिन । लालझाडी गाँउपालिका ३पर्सियाकी रामकली राना फुपु भेट्नका भन्दै घरबाट २३ गते गएकी थिईन । तर उनी २८ गतेसम्म सम्पर्कमा आएकी छैनन । झण्डै ३८ बर्षिया रानकली राना २६ जेठदेखि सम्पर्क बिहिन भएको उनको घरपरिवारजनले जनाएको छ ।

रामकलीका जेठाजु गजेन्द्र रानाले २६ जेठमा ४, ५ पटक उनको फोनमा फोन लागेपनि २७देखि सम्र्पक नभएकाले बताए । हराएका तिन रामकलीका आफन्त एव बेलौरीका अगुवा नेता मनोहर रानाले खोजिकार्यका लागि अपिल गरेका छन । उनले कतै भेटिए नजिकको प्रहरी वा ९८२२६२८३९३मा सम्पर्क गरिदिन आग्रह गरेका छन । रामकलीका छोरा जितेन्द्र रानाले प्रहरीमा खोजिका लागि निवेदन समेत दिएका छन । रामकली हराएसंगै घर परिवार एव आफन्त चिन्तामा छन ।


ताजा समाचार

spot_img