कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० सुदुरपश्चिम प्रदेश समितिले महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पताल विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ साथै अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल समेत वितरण गरेका छन । अस्पताल लाई सभ्य सुलभ, सहज र बिरामी मैत्री थलोको रूपमा विकास गर्न सुझाव दिँदै फार्मेसी व्यवस्थित बनाउनु पर्ने, अस्पताल मा सरसफाइ को ध्यान दिनुपर्ने, थन्किएर रहेका उपकरण हरू यथासिघ्र सञ्चालनमा ल्याउनु पर्ने लगायतका मागहरु हाम्रो संगठनको रहेको अखिल क्रान्तिकारी का सुदुरपश्चिम प्रदेश इन्चार्ज प्रकाश जप्रेलले बताए ।
संगठनका मागहरु यस्ता छन :
१) स्वास्थ्य उपचार जनताको मौलिक अधिकार संविधान मा ब्यबस्था भएकोले ब्यबहारतह लागू गर्नु प्रर्यास गर्नुपर्ने ।
२) अस्पतालमा दरबन्दी अनुरूप डाक्टर ब्यबस्थापन र डाक्टर बस्ने वातावरण का लागि शिघ्र पहल गर्नेपर्ने ।
३)अस्पतालले दिनुपर्ने सेवा सरल, सजिलो र बिरामीमैत्री बनाउन पर्ने ।
४) अस्पतालका कतिपय कर्मचारी र नर्सको बिरामी प्रति लापरबाही नराम्रो ब्यबहार देखिएको छ यसलाई सुधार गर्नेपर्छ आबश्य सुधार नआए यस्ता कर्मचारीको कारबाही गर्नुपर्ने ।
५) अस्पतालमा बिरामी वाडमा उडुसको समस्या छ यसलाई तत्काल सरसफाइ गर्नुपर्ने।
६)अस्पतालमा भएका उपकरण कतिपय प्रयोगमा आएको छैन भन्ने छ यसलाई चाडो प्रयोगमा ल्याउन पहल गर्ने नभएका आबश्य उपकरण ब्यबस्थापन गर्नुपर्ने ।
७) फार्मेसी थप ब्यबस्थित गर्नुपर्ने ।
८) बढदौ बिरामीको चाप अनुसार जनशक्तिको ब्यबस्थापनमा पहल गर्नेपर्ने । महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले संगठनका जायज मागहरुलाई सम्बोधन गर्ने र आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।







