एमालेको गढ भत्काउँदै भीमदत्त १५मा काँग्रेसको प्यानलै निर्वाचित


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १५ एमाले गढ भत्काउँदै नेपाली काँग्रेस निर्वाचित भएको छ । शुक्रबार निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको घोषणा विवरण अनुरुप काँग्रेसको पुरै प्यानल निर्वाचित भएका छन । काँग्रेसका भुवनराज भट्टले एमालेका जयदेव भट्टलाई १५१ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।

No description available.

काँग्रेसका भट्टले ६७८ र एमालेका भट्टले ५२७मत ल्याएका थिए । उक्त वडा एमाले गढकै रुपमा रहेको यस पटक काँग्रेसले पुरै भत्काएर आफ्नो पोल्टामा पारेको छ । सदस्यमा हरि प्रशाद भट्ट, नर ब. धामी, यशोदा खडका र हिरादेवी दमाई निर्वाचित भएका छन ।


ताजा समाचार

spot_img