कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १६ मा नेकपा एमालेको गढ भत्काउँदै नेपाली काँग्रेसले जित हासिल गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार एमालेका उम्मेदवार सुरेन्द्र विष्टलाई हराउँदै काँग्रेसका केशव विष्ट वडाध्यक्षमा निर्वाचित भएका छन ।

उक्त वडामा काँग्रेसको पुरै प्यानल निर्वाचित भएको छ । काँग्रेसका विष्टले एमालेका विष्टलाई १४५ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । काँग्रेसका विष्टले ५४४, एमालेका विष्टले ३९९मत ल्याएका थिए । सदस्य महेन्द्र भट्ट, सरिता कोली(पार्की), मोहन बहादुर महरा, मन कुमारी थापा निर्वाचित भएका छन । समाजसेवी समेत रहेका काँग्रेसका विष्ट यस अघि एमालेका विष्टसंगै पराजित भएका छन । काँग्रेसमा उतिबेला अन्तरघात हुँदा केशव लोकप्रिय भएपनि पराजित भएका थिए, अहिले निर्वाचित भएका छन ।







