शुक्लाफाँटा प्रमुखमा एमालेको जित सुनिश्चित बन्दै


धिरेन्द्र भट्ट/कंचनपुर : कंचनपुरको शुक्लाफाँटा नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ। एमाले बाट मेयरका उम्मेदवार रणबहादुर महराले २९१ मतान्तर सहित अग्रता बनाइरहेका छन। पछिल्लो मत परिणाम अनुसार १५,८३९ मतगणना भइसक्दा एमालेले ४,८७८ मत प्राप्त गरेको छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चिन्तामणी भट्ट ४,५८७ मत सहित दोश्रो तथा माओवादी केन्द्रका नवराज एरि ३,७५३ मत लिएर तेस्रो स्थानमा छन।

उप-मेयर तर्फ यतिबेला नेपाली कांग्रेस कि कमला पन्त ६७८ मतको अग्रता बनाइरहेकी छन। पन्तको ४,५३३ मत तथा उनला निकटतम प्रतिद्वन्द्वी एमाले कि मोनिका भट्ट ३,८५५ सहित दोश्रो तथा एकीकृत समाजबादिका माधब पन्त ३,८५२ मत सहित तेश्रो स्थानमा रहेका छन। १२ वटा वडा रहेको शुक्लाफाँटामा हाल ९ वडाको मतगणना सकिएको छ भने १०औ वडाको मतगणना जारी रहेको निर्वाचन अधिकृत कार्यालय शु.न.पा ले जनाएको छ।


ताजा समाचार

spot_img