कञ्चनपुर : कञ्चनपुर जिल्लाकै सदरमुकाम महेन्द्रनगर रहेको वडामा नेपाली काँग्रेसको प्यानलै निर्वाचित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले गयराती गरेको सार्वजनिक मत परिमाण अनुसार काँग्रेसले भारी मतान्तरका साथ भीमदत्त नगरपालिका ४ नम्बर वडा जितेको छ । काँग्रेस गढकै रुपमा हेरिएको वडा यस पटक पनि काँग्रेसकै पोल्टामा परेको छ ।

भीमदत्त नगरपालिका ४ मा काँग्रेस वडाध्यक्षका उम्मेदवार शुशिल भट्टले राप्रपाका उम्मेदवार करन पाललाई ६३३ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन । भट्ट यस अघि ०७४मा वडा सदस्यमा निर्वाचित भएका छन । वडा सदस्यमा दुर्गादत्त जोशी, विवेक जोशी, लक्ष्मी पाण्डेय(भट्ट), हिरा कुमार सार्की निर्वाचित भएका छन ।

काँग्रेसबाट बागी कैलाश चन्दले १३७मत ल्याएका थिए । तैपनि काँग्रेस बागीका बाबजुतपनि वडाले प्यानलै निर्वाचित भएको छ । उक्त वडामा एमालेका तेज बहादुर मल्ल १७१, माओवादीका जगदीश निरौला ७५, सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कमल दमाई ३ र मौलिक जरोकिलोका रोशन भट्टले २मत ल्याएका छन । कुल ३ हजार ६४२ मतदाता मध्ये १हजार ७२८मत खसेका थिए । काँग्रेसले यस अघि भीमदत्तमा १, ३ र १७ वडा जितिसकेको छ ।







