धिरेन्द्र भट्ट/कंचनपुर : नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य डा. भिम रावलले १० वटा बिदेशबाट आयातीत बस्तुहरुमा सरकारद्वारा लगाइएको नियन्त्रण पुर्णतः लाग्नु नभएको असन्तुष्टि जनाएका छन। प्रतिनिधिसभा मा बजेट अधिबेशनको दोश्रो छलफल सभामा बोल्दै रावलले आयात नियन्त्रण गर्ने भनिएका १० वटा बस्तुरुको संकेत नम्बर न समेटेर बास्तवमा अन्य समुह मार्फत ती बस्तुहरु भित्र्याउने प्रपन्च मिलाउएको भन्दै सभामुखको ध्यान त्यसतर्फ केन्द्रित गराउनुभयो।

‘यस्तो नितिले के बिदेशी मुद्राको अपब्य रोकेर देशलाई सम्भाबित आर्थिक संकटबाट बचाउन सक्छ?’ उनले भने, ‘नेपालको कुल रिण १७ सय ३४ अर्ब पुगिसकेको छ र त्यसमध्ये वैदेशिक रिण ९ सय अठ्ठाइस अर्ब रुपैया रहेको छ, यसले बार्षिक करिब ४ अरब ५० करोड रुपैया ब्याजको रुपमा तिर्नुपर्दछ। वैदेशिक रिण मध्ये ८७.४ प्रतिशत विश्व बैंक, एसियायी बिकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुबाट लिइएको छ, नेपालीको टाउकोमा प्रतिब्यक्ती ६० हजार रुपैया रिणको भार रहेको छ।’ सरकारले यसअघि १० वटा आयातित बस्तुहरुमा नियन्त्रण र कढाइ गर्ने निर्णय गरेको थियो।







