आज मध्यराति बाट मौन अवधी सुरु हुँदै


धिरेन्द्र भट्ट/कंचनपुर : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन ४ दिन मात्र बाकी छ। सोही अन्तर्गत मंगलबार राती १२ बजेदेखि मौन अवधी सुरु हुदैछ। निर्वाचन आयोगले जनाए अनुसार आज मंगलबार राती १२ बजेदेखि मौन अवधी सुरु हुनेछ। नेपालको संविधान २०७२ मा मतदाताले कसैको डर लोभ र प्रलोभनमा नपरी आफुलाई मनपर्ने उम्मेदवारलाई मत हाल्न पाउने अधिकारको ब्यवस्था गरिएको छ।

मौन अवधीको अर्थ मतदाताहरुलाई मतदान अवधिसम्म स्वतन्त्र छोडी निर्वाचन लाई निष्पक्ष र ब्यवस्थित तरिकाले सम्पन्न पार्नु हो। निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा के गर्न पाइदैन?

– कुनैपनी उम्मेदवार र दलहरूको सभा गोष्ठी गर्न नहुने

– मौन अवधी भम्दा अगाडि मतदान केन्द्रको ३०० मिटर नजिक राखिएका आफ्नो दलका झण्डा, चुनाव चिन्ह, पर्चा, पम्प्लेट हटाउनुपर्ने

– मौन अवधी सुरु भएपछी कुनैकुनै घरदैलो अथवा चुनाव प्रचारप्रसार गर्न नपाइने

– फेसबुक, एसएमएस, ट्विटर, भाइबर वा कुनैपनी सामाजिक संजालको माध्यमबाट भोट माग्न नपाइने

– मौन अवधिमा उम्मेदवार र राजनीतिक दलको समाचार र र्याली निकाल्न नहुने।


ताजा समाचार

spot_img