बेलौरी भन्सार स्थापनाका लागि मेरो पुरै सहयोग रहन्छ : प्रचण्ड


कञ्चनपुर : बैशाख नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले कञ्चनपुरको बेलौरी भन्सार स्थापनाका लागि आफुले सहयोग गर्ने बताएका छन । सोमबार कञ्चनपुरको बेलौरीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त चुनावी जनसभा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बेलौरीलाई भन्सारकै रुपमा विकास गराउनका लागि पहल गर्ने बताउनुभएको हो ।

‘बेलौरी नाका स्तर बृद्धिका लागि मैले यस अघि पनि पहल गरेको थिए, ‘प्रचण्डले भने, ‘अब निर्वाचन पछि पनि गर्छु ।’ बेलौरीको भन्सार सहित यस क्षेत्रको सीमा समस्या समाधानका लागि आफ्नो तर्फबाट सम्पूर्ण सहयोग हुने बताए । प्रचण्डले आफु सरकारमा रहेका बेला भन्सारको काम अघि बढाएपछि अर्को सकारले रोकेको समेत बताए । ‘अब म बेलौरी नाका भन्सार विस्तारका लागि मेरै पुरै सहयोग र पहल हुन्छ, ‘प्रचण्डले भने, ‘त्यसका लागि तपाईहरु ढुक्क हुनुहोस ।’ चुनावी सभामा बेलौरी मेयरका लागि माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरीले प्रचण्डलाई बेलौरी नाका विस्तार, आरक्षपीडित, सीमा समस्या बारे स्मरण गराएका थिए । कञ्चनपुरको दक्षिणी क्षेत्रमा भन्सार संचालनमा नहुँदा यहाँका उद्योगी व्यवसायी मारमा परेका छन ।


ताजा समाचार

spot_img