विंगरले ओभर टेक गर्दा अटो रिक्सामा ठोकिए पछि दुई वृद्ध सँगै तिन घाइते

कञ्चनपुर : भीमदत्तनगरपालिका वडा नं. १ भाँसी स्थिीत प्रहरी विट नजिकै वेतकोट नगरपालिका बाट आउदै गरेको अटो रिक्सा सुपप्र ००२/००१ह– १८९२लाई सोही दिशा बाट आउदै गरेको म १ ज २५० नं. को विंगरले ओभर टेक गर्दा पछाडिको भागले ठोक्किन पुगी अटो चालक ३२ का महेश थापाका सहित ४ जना घाइते भएका छन् ।

वेदकोट नगरपालिका ५ दैजी पोलखरी बाट एकै घरका ७० वर्षिय कैले लुहार उनकी श्रीमति रमा लोहार, छोरी राजमती कोली(४० वर्ष), नातिनी श्रृष्टी कोली(९वर्ष) र काली लोहार(६वर्ष) सवार अटो रिक्सालाई विंगरले टक्कर दिदाँ ७० वर्षिय कैले लुहार र उनकी श्रीमति रमा लोहारलाई अलि बढि चोट लागेको छ भने अरु सामान्य घाइते रहेका छन् । सबैको महाकाली प्रदेशिक अस्पतालमा उपचार भै रहेको छ ।

विंगर चालक वर्ष २२ का शेर बहादुर साउदलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको ट्राफिक कार्यलय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार