काँग्रेसको घोषणा पत्रमा एमालेलाई गाली मात्रै : ओली


कञ्चनपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका लागि सत्ताधारी नेपाली काँग्रेसले ल्याएको घोषणा पत्रमा एमालेलार्ई गाली मात्रै रहेको बताएका छन । बिहीबार कञ्चनपुर बेलौरी खुला मञ्चमा एमालेको चुनावी जनसभा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले काँग्रेसको घोषणा पत्रमा एमालेलाई गाली मात्रै रहेको बताएका छन । एमालेको घोषणा पत्रमा चुच्चे नक्सा सहितको विषय छन, तर काँग्रेसको घोषणा पत्र गाली पत्र मात्रै भएको टिप्पणी गरेका छन । पुर्व प्रधानमन्त्री मसते रहेका अध्यक्ष ओलीले आउँदो निर्वाचनपछि एमालेको सरकार बन्ने बताए । आउँदो निर्वाचनपछि एमालेको सरकार बन्ने बताउनुभएको हो ।

एमालेको पक्षमा जनलहर बढिरहेको भन्दै ओलीले आगामी निर्वाचनमा एमाले संघीय सकार बनाउने हिसाबले जित्ने ठोकुवा गरे । ओलीले एमालेले ५२ प्रतिशत महिलाले उठाएको बताए । ‘महिला दिदिबहिनी खुसी हुनुपर्छ, ‘ओलीले भने, ‘प्रमुख, उपप्रमुखमा एमालेले महिला अघि सारेको छ ।’ ‘पालिका पालिकामा तपाईका पाटी अध्यक्ष पुगेका छन, ‘ओलीले भने, ‘त्यसभन्दा बढि अरु के हुनसक्छ ।’ ओलीले सरकारले चुनावकै बेला आचार संहिता लागु भएका बेला सरकारले भूमि आयोगले काम गरेको भन्दै रोक्ुनपर्नेमा जोडदिए ।

‘सीमाका समस्यामा एमाले सरकार मात्रै बोल्छ, ‘ओलीले भने, ‘०१८ सालमा महेन्द्र राजाले भारतलाई दिएको भूमि फिर्ता गरेर दार्चुलामा बिओपी स्थापना ग¥यो ।’ अध्यक्ष ओलीले एमालेबाट चोईटिएर गएको समाजवादी तर्फ लक्षित गरेर ब्यङग गर्दै माओवादीलाई गाली गर्न केन्द्रीत रहे । ओलीले कञ्चनपुरको सीमा र आरक्षपीडितका समस्या समाधान गर्ने आवश्वासन दिनुभयो । एमाले बाहेक आम सभा गर्ने अरु पार्टी नभएको बताउदै उनले कञ्चनपुरका एमाले उम्मेदवार जिताउन आब्हान गर्नुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img