१. ५०,६०,७० वर्ष देखि जग्गा भोग चलन गर्दै आई रहेका अव्यवस्थीत बसोबासी (एलानी, प्रती जग्गामा) बसोबास गर्ने घरपरिवारको जग्गाको लगत संकलन गरि वडा नं. ४ बगुन बैतडाका ९२० घरपरिवारको २९०० कित्ताको ४३१ हेक्टर जग्गाको नापजाँच ,नापी नक्साकन गरि जग्गा धनी पूर्जा (लालपूर्जा) बनाउने प्रक्रिया अगाडि बढेको र २०७९ असार मसान्त भित्र पुर्जा बितरण हुने गरि काम अघि बढेको छ ।
२. बैतडा घटाल थान र शान्तिपुर जोड्ने पक्की पुल निर्माण भएको छ । नगरपालिका र जिल्ला सदरमुकाम जान आउन सहजता भएको छ ।
३. वगुन सुनार टोल र भम्का जोड्ने साजगाड खोलामा पक्की पुल निर्माण भएको ।
४. बैतडा वालज्योती र बगुन जोड्ने पक्की पुलको निर्माणका लागी बहुबर्षिय ठेक्का सम्झौता भएको ।
५. बैतडा वालज्योती स्कुल र बगुन ठकुरी टोल जोड्ने झोलुङ्गे पुलको निर्माण भईरहेको ।
६. धार्मिक पर्यटकिय स्थल शिवलिङ्गेश्वर धाममा झोलुङ्गे पुल निर्माण भई रहेको र २०७९ असारमा सम्पन्न हुनेछ ।
७. श्री सिद्धबैजनाथ मा.वि. बगुनको ४+४+२ कोठे गरि १० वटा कक्षा कोठाको भवन निर्माण भएको साथै सरस्वती मन्दिर र विद्यालयको पक्की पर्खाल निर्माण भएको ।
८. श्री बालज्योती मा.वि. बैतडाको खेल मैदान, सरस्वती मन्दिर, साईकल स्टेण्ड निर्माण र क्ष्त्,पुस्तकालय व्यवस्थापन भएको छ ।
९. वेदकोट नगरपालिका वडा नं. ४ आधारभूत स्वास्थ्य सेवा भवन निर्माण गरि सेवा सञ्चालन गरिएको छ ।
१०. बैतडामा गाँउघर क्लीनिक भवन निर्माण भएको छ ।
११. बैतडामा स्वास्थ्य ुसेवा भवन र बगुनमा स्वास्थ्य सेवा केन्द्रको भवन थप निर्माण भई रहेको छ ति दुई वटा मध्ये एउटालाई स्वास्थ्य चौकी र अर्को भवनलाई वडा कार्यालय भवन बनाउने कार्य भई रहेको छ ।
१२. शिवलिङ्गा खानेपानी आयोजना बगुनको ८५ % काम सम्पन्न भएको २०७९ साल असार सम्म बगुन सबैको घर घरमा पानीको धारा जडानको काम सम्पन्न हुनेछ ।
१३. वेदकोट खानेपानी आयोजना बैतडाको निर्माण काम भएको थप पुर्वाधार निर्माण कामका लागी टेण्डर प्रक्रिया अगाडी बढेको छ ।
१४. माहाकाली सिंचाई तेस्रो चरण आयोजनाको वडा नं. ४ बैतडा–बगुनमा निर्माणको काम भएको छ र किसानहरुलाई घर जग्गाको क्षेतीपुर्ति राहत उपलब्ध गराएको ।
१५ं वडा नं. ४ बगुन–बैतडामा सिंचाईका १ दर्जन भन्दा बढी लागी बोरिङ्ग जडान गरेर सिंचाई सुविधाको बिस्तार भएको छ ।
१६. शिवलिङ्गेश्वर धामलाई सु.प. प्रदेशको प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा स्थापित गरिएको छ । शिवलिङ्गेश्वरमा पुर्वाधार संरचना निर्माण गरिएका छन गुरु योजना बनाएर ७ करोडको बहुबर्षिय ठेक्काबाट थप संरचना निर्माणको काम सुरु भएका छन । आगामी आ.व. को संघिय सरकारको बजेटमा नेपाल भरीका शिव र महादेवहरुका विभिन्न मन्दिरहरुको संग्राहलय निर्माण हुने गरि बजेटको माग गरिएको छ ।
१७. बगुन खोला, साजगाड खोला, बैतडा खोला÷नदिले जग्गा कटान गरेको विभिन्न ठाँउ सिमल टोल, शिवलिङ्गेश्वर क्षेत्र, सिचाई हेडबक्स,सार्की पार्की टोल, सुनार टोल, च्वागड टोल, घटाल थान टोलमा पनि नदि तटबन्ध गरिएको छ र थप व्यवस्थित नदि तटबन्ध गर्न नदि तटबन्ध गुरु योजना बनाईएको छ, सोही अनुसार बगुन खोलाको ठकुरीफाँटा टोलमा ३ करोडको ठेक्का भएर काम सुरु भएको छ ।
१८. बैतडा गाँउमा यातायातमा सहजता ल्याउन पहिलो आर्थिक वर्षमा नै सामादैजी शंकर टोल देखि दुध डेरी उद्योग हुँदै घटाल थान जोड्ने सडक कालोपत्रे गरिएको छ ।
१९. सुनार टोल बगुनबाट धार्मिक पर्यटकिय स्थल शिवलिङ्गेश्वर धाम जाने सडक कालोपत्रे गरिएको छ ।
२०. घटालथान देखि एनसेल टावर हुँदै पूर्वतिर जाने सडक कालोपत्रे गरिएको छ ।
२१. थापाथली बैतडा देखी च्वागडटोल बैतडा जाने सडक कालोपत्रे गर्न ठेक्का भएर कालोपत्रे गर्ने काम सुरु भएको छ ।
२२. वेदकोट नगरपालिका वडा नं. ४ बैतडाको दुवै टोल ओल्लो बैतडा र पल्लो बैतडा जोड्ने मुख्य सडक कालोपत्रे गर्न ७६ लाखको ठेक्का भएको छ ।
२३. चालु तथा पुराना खानेपानी आयोजानाको मर्मत सम्भार गरिएको ।
२४. सिंचाई कुलोको बिस्तार र सुधार गरिएको छ ।
२५. प्राचिन घटाल मन्दिरको गुरुयोजना बनाएर केही संरचना निर्माणको काम सुरु भएको छ गुरुयोजना अनुसार काम गर्ने गरि बजेटको माग गरिएको छ ।
२६. पाण्डव (कोपडे) तालको संरक्षण गर्ने काम गरिएको छ ।
२७. गोबर ग्यास र शौचालय विपन्न गरिब बस्तीमा निर्माण गरिएको छ ।
२८. विभिन्न देवि देउताका मन्दिर, गुम्बा, बाउण्डरी लगायत विभिन्न संरचना निर्माण गरिएका छन ।
२९. धेरै नयाँ सडक खोलेर ग्राबेल गरि निर्माण भएका छन, दर्जनौ सडकमा गा्रबेल र सडक स्तरतेन्नती गरिएका छन ।
३०. कलभर्ट निर्माण र ह्युमपाईप आवश्यकता भएका ठाँउमा ह्युम पाईप जडान गरिएको छ ।
३१. जनता आवास अन्र्तगत गरिब बिपन्न दलित प।िरवारहरुको घर निर्माण गरिएको छ ।
३२. फुसको छाना हटाएर जस्तापाता लगाउने कार्यक्रम संचालन भईरहेको छ ।
३३. विभिन्न सिपमुलक, आयमुलक, रोजगार मुलक तथा उद्यमी बनाउने कार्य भई रहेको छ ।
३४. महिला हिंसा, घरेलु हिंसा, लैंगिक हिंसा न्यूनिकरण गरिएको छ ।
३५. नमूना युवा संसद गठन गरि गाँउ समाजमा रचनात्मक, सिर्जनात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।
३६. युवा संजाल गठन गरि युवामा आधारित कार्यक्रम गरिएको छ ।
३७. नमूना किशोरी समूह गठन गरि विभिन्न जनचेतना मूलक, रचनात्मक, सृजनात्मक काम गरिएका र यसै वडाको नमूना किशोरी समूहको नेतृत्व नै वेदकोट नगरको नेतृत्व गर्दै जिल्लको समेत नेतृत्व गर्दै आई रहेको छ र किशोरीहरुको नेतृत्व विकासमा महत्वपूर्ण कार्य गरिएका छन ।
३८. विपद व्यवस्थापनान राहत वितरण गरिएको छ ।
३९. एम्बुलेन्स सेवा, दमकल सेवा, शव बाहन सेवा, निःशुल्क गरिएको छ ।
४०. कोभिड कोराना कालमा गड्डाचौकी नाका र गौरीफँटा त्रिनगर डोके बजार सिमाबाट भारतबाट नेपाल आफ्नो घर आउन सिमा क्षेत्रमा रोकिएका लाई ल्याएर क्वारेन्टाईनमा बस्ने खाने व्यवस्थापन गरि निःशुल्क च्म्त् टेस्ट र एऋच् परिक्षण गर्ने व्यवस्था मिलाएको ।
४१. नवजात शिशु नगर स्वागत कार्यक्रम अन्र्तगत स्वास्थ्य केन्द्र, अस्पतालमा प्रसुती सेवा दिए बापत नवजात शिशुलाई रु १००० दिने व्यवस्था दिने गरिएको छ ।
४२. बाल बिकास शिक्षकहरुको तलब मासिक रु. ६००० बाट रु १५००० पुगाईएको छ ।
४३. निजिस्रोतका शिक्षकहरुलाई मासिक रु ८, ९, १० हजारका दरले नगरपालिकाबाट विद्यालयलाई थप दिने व्यवस्था गरिएको छ ।
४४. विद्यालयका कर्मचारीहरुको तलबमा बृद्धि गरिएको छ ।
४५. स्वास्थ्यका कर्मचारीहरुको व्यवस्थापन गरि सेवा प्रदान गरिएको छ ।
४६. आर्थिक रुपले विपन्न, पढ्न नसक्ने विद्यार्थीहरुलाई निःशुल्क अध्ययनको व्यवस्था गरेको छ र शैक्षिक सामाग्री उपलब्ध गराईएको छ ।
४७. अपांगता भएका व्यक्तिहरुको अवस्था हेरी अपांगता सहायक सामाग्री वितरण गरिएको छ ।
४८. विपन्न गरिब परिवारलाई स्वास्थ्य उपचारमा आर्थिक सहयोग उपलब्ध गराईएको छ ।
४९. हिंसामा परेका वालबालिकाहरुलाई शैक्षिक सामाग्री ड्रेस लगायतका सामाग्री उपलब्ध गराईएको छ ।
५०. कृषि यन्त्र, बिउविजन निःशुल्क वितरण गरेको साथै पावर ट्रिलर, च्याम्फा ट्याक्टर वितरण गरिएको ।
५१. वडा नं. ४ माहाकाली सिंचाई नहर भन्दा माथिल्लो क्षेत्रमा सिंचाईका लागी भूमीगत सिंचाई परियोजना लागु गर्ने कार्यक्रम स्वीकृत गरिएको छ ।
५२. स्वास्थ्य स्वयेम सेविकाहरुलाई वार्षिक प्रोत्साहन भत्ताको व्यवस्थापन गरिएको छ । अवकास हुदाँ २ लाख दिने व्यवस्था गरिएकाृ छ ।
५३. प्राविधिक शिक्ष पढ्नका लागि विपन्न गरिब जेहेन्दार विधार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
५४. शिक्षक दरबन्दी मिलान गरिएको छ ।
५५. धार्मिक पर्यटकिय स्थल शिव लिङ्गेश्वरमा नेपाल राष्ट्रका उपराष्ट्रपती, पूर्व प्रधानमन्त्रि, दर्जनौ मन्त्रि,राजदुत लगाएत महत्वपूर्ण विशिष्ट व्यक्तित्वहरुलाई नियन्त्रण गरी शिव लिङ्गेश्वरको राष्ट्रिय अन्तर राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरिएको ।
५६. बेदकोट संग्रालय, होमस्टे, मिनि हाईड्रोपावर निमार्णका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ ।







