अधुरा योजना पुरा गर्न पुन मेरो उम्मेदवारी : भीनपा २ माओवादी केन्द्र वडाध्यक्षका उम्मेदवार


कञ्चनपुर: आशन्न ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रले फेरी डम्बर कार्की(डिके)लाई अघि सारेको छ । पाँच बर्षे पहिलो कार्यकालमा जनपक्षीय काम गरेको मुल्याङकन गरेर माओवादीले फेरी यस पटक पनि वडाध्यक्षमा डिकेलाई नै अघि सारेको हो । डिकेले वडाको दिगो विकासका थुप्रै योजना सम्पन्न गरेर चर्चा कमाएको भन्दै यस पटक पनि पाटीले कार्कीलाई उम्मेदवारका रुपमा अघि सारेको छ । माओवादी केन्द्रका वडाध्यक्षमा उम्मेदवार डिके कार्कीले अधुरा योजना पुरा गर्नका लागि आफु पुन उम्मेदवार बनेको बताए ।

‘मेरो कार्यकालमा थुप्रै योजना सम्पन्न भएका छन, केही अन्तिम चरणमा पुगेका छन । केही अधुरा छन, ‘उनले भने, ‘हाम्रो कार्यकालमा अघि बढेका योजना पुरा सम्पन्न गर्नका लागि वडामा मेरो नै नेतृत्व चाहिन्छ ।’ कार्कीले पुन आफ्ना चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छन । गुरु योजना अनुरुप काम गर्छु, रिङ्गोरोड विस्तार, कृषिमा आत्मनिर्भर, कटानी डुवान क्षेत्रमा तटबन्ध निर्माण, लागु औषध नियन्त्रण, शिक्षा स्वास्थ्य, खानेपानी, महिला, युवा, दलित सहित सबै क्षेत्रमा विकास गर्छु ।

घर घरमा समाजिक सुरक्षा भत्ता वितरण गर्ने एजेण्डा अघि सारेका छन । सुशासनदेखि जनताको जनजिविकास सवालमा काम गर्ने प्रतिबद्धता जाहेर गर्दै पुन एक पटक जिम्मेबारी दिन आग्रह गर्दै आएका छन । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि सिँचाई, संचार, विद्युत, खेलकुद, पर्यटन लगायतको विकासमा योजना अघि सारेर वडालाई नमुना वडा बनाउने बताउँदै कार्कीले दिगो विकास र सम्बृद्धिका योजना लागु गर्ने बताए ।


ताजा समाचार

spot_img