महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रविच प्रगतिशिल बाम गठबन्धनबाट नगर प्रमुखमा राम चन्द्र नेगी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट हिरा जैशी सिमा चुनावी मैदानमा उत्रिएका छन् । शुक्रवार पत्रकार सम्मेलन मार्फत नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरमा युवा नेता रामचन्द्र रेग्मी र उप मेयरमा नेकपा माओवादी केन्द्रकी नेतृ हिरा जैसी(सीमा) सहित १० वटै वडामा वडाअध्यक्ष सहित सदस्य संयुक्त रुपमा चुनावी मैदानमा खटिएको बताएका छन् । रेग्मीले बेदकोट नगरपालिकालाई पर्यटकिय,शैक्षिक,युवा स्वरोजगार स्वास्थ्य क्षेत्रमा अतुलनिय कार्य गरेर देशकै नमुना नगरपालिका बनाउने आफनो योजना रहेको बताए ।

‘हाम्रो नगरपालिकामा रहेका थुप्रै समस्या समाधान भएका छन, ‘उनले भने, ‘बाँकी काम अघि बढाउँछु ।’ आफु बेदकोट उद्योग वाणिज्य संघमा महासचिव हुँदा वा अघि देखि नै छेला औद्योगिक क्षेत्रको विकासका लागि काम गर्दै आएको बताउदै उनले छेला औद्योगिक क्षेत्रलाई अघि बढाएर बेदकोट नगरको बेरोजगारी समस्या समाधान गर्ने बताए । ‘मुक्त कमैया, हलिया, आरक्षपीडित, भूमिहिन सबैको समस्या छ, ‘उनले भने, ‘जमिन भएका तर लालपुर्जा नभएका किसानलाई लालपुर्जा दिने काम अघि बढिरहेको छ, किसानलाई जमिनको स्वामित्व दिलाउँछौँ ।’ नगरका १०वटै वडा जोड्नेका लागि रिङ्गरोड, बेरोजगारी समस्या समाधान गर्न छेला औद्योगिक क्षेत्र निर्माण, शिक्षा, स्वास्थ्यका काम अघि बढाउँदै प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्ने बताए । नगरपालिका भरी सबै वडामा स्वच्छ खानेपानी, कृषियोग्य खेती संरक्षणका लागि तटबन्ध, जस्ता कामकाज अघि बढाएको बताए । बेदकोट नगरका सबै यथोचित समस्या समाधान गर्दै दिगो रुपमा नगरलाई सम्बृद्धि बनाएर देशकै नमुना नगरपालिका बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो । सुशासन कायम गर्न संस्थागत भ्रष्टाचार रोक्नेदेखि नगरका जनताले दिएको मत खेर जान नदिने घोषणा गर्नुभयो । ‘म यही गाँउमै बस्छु, बिहान उठने वित्तिकैदेखि रातीसम्म जनतासंगै हुन्छु, ‘उनले भने, ‘मेरो काम जितेपनि यहाका जनताको सेवामा खट्छु ।’

०५५ सालमा दैजी स्थित शारदा मावि अध्ययन गर्दा विद्यार्थी राजनीतिमा होमिएका रेग्मीले तत्तकालिन एमाले विद्यार्थीबाट राजनीतिक यात्रा शुरु गरेका थिए । शारदा माविमा एसएलसी अध्ययन सकेर उच्च शिक्षाका लागि सिद्धनाथ बहुमुखी क्याम्पसमा आएका थिए । स्नातक गरेका रेग्मीलाई ०५७सालमा कम्युनिष्ट पार्टीको संगठित सदस्यता पाईएको छ । ०७५ सालमा एमाले जिल्ला सदस्य हुँदै ०७८ मा सचिवालय सदस्य भएका थिए । एमालेबाट बिद्रोह गरेर रेग्मी सहित ७ सय संगठित सदस्य नेकपा एकीकृत समाजवादीमा समाहित भएका थिए । रेग्मीले युवा सगंठनको केन्द्रीय तहको जिम्मेबारी समेत सम्हालीसकेका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार रहेका रेग्मी हाल नेकपा एकीकृकत समाजवादी कञ्चनपुरको सचिवालय सदस्य हुन् ।







