नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी


धिरेन्द्र भट्ट/कंचनपुर : नेपाल वायुसेवा निगमको वाइडबडी विमानले बिहीबार भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘डेमोन्स्ट्रेसन’ उडान गरेको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा विमानस्थल सञ्चालनका लागि योग्य भएको सन्देश दिन परीक्षण उडान गरिएको हो । जहाजलाई पानीको फोहरा फालेर स्वागत गरिएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले बुधबार निगमलाई भर्खरै निर्माण सम्पन्न गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिएको थियो ।प्राधिकरणले निगमसँग भएका दुईटा वाइडबडी विमानलाई बिहीबारका लागि डेमोन्स्ट्रेसन उडानका लागि अनुमति दिएको थियो । पर्यटनमन्त्री प्रेम आलेको नेतृत्वमा डेमोन्स्ट्रेसन भएको थियो । उडानमा कम्तीमा २ सय ५० जना भन्दा यात्रु सहभागी थिए । जसमा प्राधिकरणका उच्च अधिकारी, निगमका कर्मचारी, उच्च सरकारी अधिकारी, एसियाली विकास बैंकका प्रतिनिधि, पत्रकारलगायत थिए । प्राधिकरणले काठमाडौंबाट हुने उडानलाई आरएनए १७३१ र भैरहवाबाट काठमाडौंका लागि हुने उडानलाई आएएनए १७३२ नम्बर दिएको थियो ।

निगमको वाइडबडी विमान दिउँसो ३ बजे भैरहवा उड्ने कार्यक्रम राखिएको भएपनि जहाज सवा ५ बजे मात्रै काठमाडौं विमानस्थलबाट उडेको थियो । निगमको अपरेसन विभागका अनुसार, वाइडबडीको काठमाडौं भैरहवा उडान अवधि २७ मिनेट लगाएको थियो । तर यो परीक्षण उडान भएकाले ‘ओभरसुट’ गरेर मात्रै अवतरण गरेको थियो । जहाजलाई प्रशिक्षक पाइटल सुधिर तोमार र क्याप्टेन श्रवण रिजालको टिमले उडाएको थियो ।


ताजा समाचार

spot_img