कञ्चनपुर : नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले बेदकोट नगरपालिका मुसेपानीकी ४३ बर्षिया महिला रन्चुला साउद मृत्यु प्रकरणको भत्र्सना जाहेर गरेको छ । बेदकोट नगरपालिका १ मुसेपानीकी महिला रन्चुला साउदको धामीझाँक्रीको कुटपिटबाट मृत्यु भएको थियो ।

क्रान्तिकारी महिला संगठन कञ्चनपुरले साउदको मृत्युको घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ । रन्जुलाको धामीझाक्रीका कारण मृत्यु भएको खबरले संगठन गम्भिर भएको जनाउँदै दोषि उपर कार्बाहीको माग अघि सारेको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीका कञ्चनपुरका संयोजक शान्ति शाहीद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा २१औँ शताब्दीमा आएर पनि महिलामाथि हुने यस्ता खालका जघन्य अपराधको संगठनको घोर भत्र्सना जाहेर गर्दै सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।







