धिरेन्द्र भट्ट/ कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा हाम्रो भरतपुर नभई र रेणु नै नभई नहुने अडान नभएको दाबी गरेका छन। सोमबार पार्टी मुख्यालय पेरिसडाँडाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले माओवादी केन्द्रको भरतपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवार नभई नहुने अडान नरहेको स्पष्टी दिएका छन। ‘६ वटा महानगरपालिका छन ६ मध्ये एउटा त माओवादी केन्द्रलाई पर्ने नै होला, गठबन्धनको ले काठमाडौ दिने भनेपनी ठिक छ, बिराटनगर दिने भनेपनी ठिक छ भरतपुर होइन भनेपनि ठिक छ, यहाँ हामिलाई रेणुनै चाहिने भरतपुर नै चाहिने भ्रम पारिएको छ’, दाहालले भने।

कार्यक्रममा बोल्दै दाहालले गठबन्धन भएपछि ६ महानगर मध्ये एउटा त माओवादीलाई पर्ने नै भएकोले जुनमा सहज हुन्छ त्यहीँ भए हुन्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए साथै भरतपुरमा पहिला पनि रेणु जित्दै आइरहेकी र भरतपुर आफ्नो ठाउँ रहेको हुनाले माओवादी केन्द्र र कांग्रेसका धेरै मान्छेलाई पनि यही लागेको र केहिकेहिलाई नलागेको हुनाले यो कुरालाई उनले आज बेलुका सम्म टुङ्ग्याउने स्पष्ट पारे। दाहालले गठबन्धनभित्र सबैको बिचमा सहमति भएन भने ज-जसको बिचमा सहमति हुन्छ त्यसत्यसको बिचमा सहमती गरेर आफुहरु अगाडि जाने र कसैसँग सहमति भएन भने पनि माओवादी केन्द्र एक्लै चुनावमा भिड्न तयार रहेको कुरा हामिहरुले ३ महिनादेखि गर्दै आइरहेको, उनले बताए। साथै त्यो स्थितीमा जित्ने बढी सम्भावना माओवादी केन्द्रकै देखेको छु किनभने देश संकटमा परेको बेला बचाउने माओवादी केन्द्र रहेछ र यो परिवर्तन प्रती गम्भीर र जिम्मेवार कुरा जनताले बुझिसकेका छन, दाहालले भने।







