बेलौरी: कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाल ईट्टा उद्योग महासंघका केन्द्रीय अध्यक्ष शंकर बहादुर चन्दलाई सम्मान गरिएको छ । आइतबार एक कार्यक्रमका विच महाकाली ईट्टा तथा टायल उद्योग व्यवसायी संघले ईट्टा उद्योग महासंघका केन्द्रीय अध्यक्ष शंकर बहादुर चन्दलाई सम्मान गरिएको हो ।

बेलौरी उद्योग वाणिज्य संघको हलमा आयोजित सम्मान कार्यक्तममा कञ्चनपुरका ईटा तथा टायल व्यवसायी सहभागि थिए । महाकाली ईट्टा तथा टायल उद्योग व्यवसायी संघका अध्यक्ष कृष्ण बहादुर तामाङ्गको अध्यक्षमता भएको सम्मान कार्यक्रममा पुर्व अध्यक्ष बलदेब बुडालले स्वागत गरेका थिए । बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउद सहितले बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा ईटा तथा टायल उद्योगीका समस्या बारे छलफल गरिएको थियो ।







