कञ्चनपुरमा बैशाख ६ गते देखी कृषि गणना शुरु हुने


महेन्द्रनगर । कञ्चनपुरमा २०७९ बैशाख ६ गते देखी कृषि गणना कार्य शुरु हुने भएको छ । जिल्ला कृषी गणना कार्यलय कञ्चनपुरले आयोजना गरेको सचेतना गोष्ठिमा सहजीकरण गर्दै कार्यालय प्रमुख गोबिन्द न्यौपानले गणना हुने बताएका हुन् । कञ्चनपुरमा जिल्लाका २ सय १२ वटा स्थानहरु गणना क्षेत्रका लागी छनौट भएका छन । घरपरिवारले गरेको कृषी कार्य, संस्थाले। गरेको कृषी कार्य र वडा कार्यालयले संचालन गरेका कृषी कार्यको तत्याङ्क लिइने न्यौपानेले उल्लेख गरे ।

कृषी विकासका लागी जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीती निर्माण अनुगमन तथा मुल्याङकन गर्न आवश्यक पर्ने तथ्याङकको खाँचो पूरा गरी योजनाविद र नीति निर्माताहरुलाई सघाउ पुय्राउने कार्यालय प्रमुख न्यौपानेले बताए । जिल्लामा ७५ जना गणक र १९ सुपरिवेक्षकले कृषी गणना खटिने बताइएको छ । बैशाख ६ गते देखी जेष्ठ १९ गते सम्म गणकहरु स्थलगत रुपमा घरघर पुगी कृषककले गरेको कृषी कार्यको तथ्याङ्क लिने छन् । गोष्ठीमा बोल्दै प्रमुख जिल्ला अधिकारी रामप्रशद पाण्डेले जिल्लामा तथ्याङ्क संकलन गर्न गणकले विशेष ध्यान दिन अवश्यक रहेको बताए । तथ्याङ्क जस्तो कार्य कृषकको घरपरिवारमा गणक पुग्दा सहज एवं सरल तरिकाले संकलन गरिएको तथ्याङ्कले योजना निर्माणमा सहयोग पुग्ने उनको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेकोे अध्यक्षतामा भएको गोष्ठिमा बोल्दै कृषी गणना बारे आमनागरिकलाई सहजरुपले बुझाउन संचार माध्ययम मार्फत व्यापक प्रचारप्रसार गर्नुपर्ने र संचार माध्यमको महत्वपुर्ण भुमिका रहने बताए । कृषि प्रणाली वारेमा सूचनाहरु संकलन गर्ने उद्देश्यले वि.स. २०१८ साल देखि नेपालमा कृषि गणना सुरु भएको हो । १० वर्षको अन्तरमा कृषी गणना संचालन हुँदै आएको छ । २०७८ सालको यो कृषी गणनाले नेपालको ईतिहासमा ६० वर्षको अवधी पुरा गर्नेछ । हिमाल र पहाडका जिल्लामा कम्तीमा ४ आना ९०/०१२७२ हेक्टर० र तराइका जिल्लामा कम्तीमा ८ धुर ९०।०१३५५ हेक्टर० क्षेत्रफल बाली लागेको जग्गा भएमा, वा जुनसुकै उमेरका कम्तीमा १ वटा गाई–भैँसी पालेको भएमा, वा कम्तीमा ५ वटा भेडा–बाख्रा, सुँगुर–बंगुरजस्ता चौपाया पालेको भएमा,वा चल्ला र माउ गरी कम्तीमा २० वटा सम्म चराचुरुङ्गी (कुखुरा, हाँस) पालेको हुने पर्नेछ ।


ताजा समाचार

spot_img