मंगलबारदेखि कञ्चनपुरमा कृषि गणना


कञ्चनपुर : कञ्चनपुरमा मंगलबार(अर्थात ६बैशाख) देखि कृषि गणना हुने भएको छ । जिल्ला तथ्याङ्ग कार्यालय मार्फत कृषि गणना कार्यालयले राष्ट्रिय कृषि गणना अन्तरगत जिल्लामा समेत ६ बैशाखदेखि कृषि गणना हुन लागेको छ । तथ्याङ्ग कार्यालय कञ्चनपुरका सुचना अधिकारी निरज ओझाले प्रशनावली विधिबाट कृषि गणना गरिने बताए । उनका अनुसार लगत १ सुचिकरण, लगत २ मुख्य प्रशनाली र लगत ३ सामुदायिक प्रशनावलीका माध्यमबाट कृषि गणना गरिने छ । छनौट विधिलाई आधार बनाएर कृषि गणना गरिने छ ।

कृषि गणनाका लागि कञ्चनपुरमा ७५ गणक, १९ सुवरिवेक्षक र १ अधिकृत जनशक्ति परिचालन हुने छ । ६ बैशाखदेखि १९ जेठसम्म गरिने कृषि गणना यस पटक पालिका स्तरको संरचना अनुरुप डाटा आउनेछ । कृषिमा भईरहेको संरचनागत परिर्वतन के भईरहेको छ । जस्ता थुप्रै विषयमा तथ्याङ्क आउने अपेक्षा गरिएको छ । कृषि गणनबारे आइतबार कार्यालयले सरोकारवाला पक्षसंग छलफल गरेको छ । तथ्याङ्क कार्यालय कञ्चनपुरका प्रमुख गोविन्द न्यौपानेले २ सय १२ स्थान गणकका लागि छनौट गरिने बताए । उनका अनुसार घर परिवारले गरेको कृषि कार्य, सस्थाले गरेको र वडा कार्यालयले संचालन गरेको कृषिको तथ्याङ्क अध्ययन गरिनेछ । कृषि क्षेत्रको एकिकृत विकासका लागि कृषि गणना महत्वपूर्ण हुने उनको भनाई छ ।


ताजा समाचार

spot_img