समाजवादी कञ्चनपुरका उपाध्यक्ष कुँवर एमालेमा प्रवेस


कञ्चनपुर: नेकपा एकीककृत समाजवादी कञ्चनपुरका उपाध्यक्ष रबिन्द्र कुँवर नेकपा एमालेमा प्रवेस गरेका छन । आइतबार औपचारिक रुपमा समाजवादी पाटी परित्याग गरेर एमालेमा प्रवेस गरेका हुन । नेकपा एमाले सुदूरपश्चिम प्रदेश सदस्य तथा कञ्चनपुरका युवा नेता विष्णूदत्त अवस्थीले कुँवरले समाजवादी परित्याग गरेर एमालेमा फर्किएको बताए ।

एमाले नेता अवस्थीका अनुसार एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको हातबाट टिका लगाएर एमाले प्रवेस गरेका छन । उपाध्यक्ष कुँवरको पाटी प्रवेस कार्यक्रममा एमाले कञ्चनपुर अध्यक्ष सुरेन्द्र विष्ट, एमाले नेताहरु राजेन्द्र सिह रावल, निरुदेवी पाल, विष्णू दत्त अवस्थी, लगायतका नेताहरु थिए ।

चुनावको मुख र एमाले भीमदत्त नगरमा उम्मेदवार छनौट प्रकृयामै रहेका बेला कुँवर एमाले प्रवेसले अर्थपुर्ण रहेको छ । एमाले कञ्चनपुरका नेताहरुले समाजवादीबाट एमाले फर्किनेक्रम जारी रहेको केही दिनमै ठुलठुला नेता एव संसद, पुर्वमन्त्रीहरु समेत पार्टीमा प्रवेस गर्ने बताईरहेका छन ।


ताजा समाचार

spot_img