महेन्द्रनगर : प्रहरीले लागुऔषध सहित तिनजनालाई पक्राउ गरेको छ । भीमदत्तनगरपालिका–११ भुजेला खोलामा निर्माणाधिन पुलमा बसेका तिनजनामाथी संकाका आधारमा चेकजाँच गर्दा चरेश, इन्ट्रिकफ ट्याप्लेट फेला पारेपछी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गय राती १२ बजे ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्र.ना.नि.बहादुर सिह धामीको कमाण्डमा खटिएको प्रहरी टोलीले वडा नम्बर ११ बस्ने २३ वर्षीय महेश गिरी, २१ वर्षीय बिष्णु पाठक २२ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट १९.५ ग्राम लागु औषध (चरेश), प्रि ग्याब्लिक क्याप्सुल ६ पिस र ईन्ट्रिकफ ट्याप्लेट १४ पिस बरामद भएको प्रहरीले जनाएको छ । निजलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक चक्र विष्टले जानकारी दिए ।







