काँग्रेसबाट कृष्णपुरमा उपसभापति सिह सहित १४ प्रमुख र ७ उपप्रमुखका लागि आँकाक्षी


कञ्चनपुर : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसबाट कृष्णपुरमा मेयरका लागि पाटी जिल्ला उपसभापति मिन बहादुर सिह सहित १४ नेताले प्रमुख र ७ जना महिला नेतृले उपप्रमुखका लागि आँकाक्षा देखिएका छन ।

नेपाली काँग्रेस कृष्णपुरका नगर सभापति विष्णू सिह खडकाले प्रमुखका लागि मिन बहादुर सिह, सहित हेमराज ओझा, मिन बहादुर सिह, नवराज जोशी, लेखराज जोशी,झकर खडका(पुरन), विजय ओली, रतन साउद, तौला राना, झेली राना, गणेश राज पाण्डे, डा. फुलराम चौधरी, गिरीराज पाण्डे, प्रेम बलायर र उप प्रमुखका लागि पार्वती महता, भुवनेश्वरी जोशी, टिकेश्वरी पाण्डे(प्रेरणा), निर्मला भट्ट, द्रोपती भट्ट, टिकेश्वरी खडका उम्मेदवारी दर्ता गराएको बताए ।

‘नगरमा देखिएका आँकाक्षीको नामावली जिल्लामा सिफारिस गछौँ, ‘नगर सभापति खडकाले भने, ‘जिल्ला सहित माथिल्ला तहबाट अन्तिम ढुङगो लाग्छ ।’ नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता आकास बोहराले युवा, ईमान्दार, लोकप्रियलाई उम्मेदबार बनाउनुपर्ने सुझाव दिए । यस अघि कञ्चनपुरका सबै पालिकाबाट उम्मेदवार छनौट भईसकेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img