ईन्जिनियर सिहद्वारा मेयर पदमा उम्मेदबारी घोषणा

भीमदत्त नगरपालिकालाई डिजिटल सिटी बनाउँछु : सिह

कञ्चनपुर: आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरमा एक ईन्जिनियरले भीमदत्त नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी घोषणा गरेका छन । ईन्जिनियर कोमल बहादुर सिहले भीमदत्त नगरपालिका मेयर पदका लागि उम्मेदवारी घोषणा गरेका हुन । शनिबार सिहले आफ्ना सर्मथकको उपस्थितिमा भीमदत्त नगरको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । महेन्द्रनगर ९÷११ होटलका संचालक समेत रहेका ईन्जिनियर सिहले आफु कुनै राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रुपमै मेयर पदका लागि उम्मेदवारी रहेको बताए । सिहले उम्मेदवारी घोषणा गर्दै २५ बुँदे प्रतिबद्धता पत्र समेत घोषणा गरेका छन । उनले राजनीतिक दलबाट निर्वाचित मेयरले गर्न चाहेपनि नसक्ने बताए ।

No description available.

दार्चुलाबाट कञ्चनपुर महेन्द्रनगर आएका सिहले राजनीतिक दलबाट निर्वाचित मेयरबाट नगरको दिगो विकास र सम्बृद्धि नहुने भएकाले आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताए । सिहले भीमदत्त नगरपालिकालाई डिजिटलसिटी बनाउने घोषणा गरेका छन । ‘म यो भीमदत्त नगरपालिकालाई मेयर जितेसंगै पुरै डिजिटल सिटी बनाउँछु, ‘उनले भने, ‘अब परम्परागत रुपमा बजार चल्दैन, प्रविधि समेत भित्र्राउनुपर्छ ।’ सिभिल ईन्जिनियर गरेका सिह झण्डै अढाई दशक कतारमा रहेर काम गरेर फर्किएका थिए । ‘मैले मेरो सीप र श्रम कतारमा भौतिक निर्माण क्षेत्रमा प्रयोग गरेको थिए, ‘उनले भने, ‘अब स्वदेशमै गएर काम गर्नुपर्छ, भन्ने लागेपछि घर फर्किएर होटल व्यवसायमा जुटेको छु ।’ आफ्नो उम्मेदवार विशुद्ध विकासका लागि भएको दावि गर्दै सिहले नगरमा हुने संस्थागत भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरे ।

No description available.

सिहले घोषणा गरेको प्रतिबद्धता पत्रमा आफु भीमदत्त नगरपालिकाको कार्यकारी भएसंगै अनुशासित रुपमा पारदर्शी काम गर्ने, छाडा पशु नियन्त्रण गर्ने, ढल निकास गर्ने, सरकारी विद्यालयमा गुणस्तरिय शिक्षा, पर्यटक स्थलको पहिचान गरी देशव्यापी प्रचार गर्ने, कृषि क्षेत्रमा युवालाई सीपमुलुक तालिम दिने, नगरको एकिृकत फोहोर व्यवस्थापन गर्ने, सुकुमबासी, आरक्षपीडितको उचित व्यवस्थापन गर्ने , स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै विशेषज्ञ सेवालाई आधुनिकीकरण गर्ने, खानेपानी विद्युती विस्तार गर्ने घोषणा गरेका छन । नगर क्षेत्रमा ठेक्का लिएर काम अलपत्र छाड्ने ठेकेदारमाथि कार्बाही गर्ने, लागु पदार्थ सेवन तथा बेच्ने गिरोहमाथि कार्बाही, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती नगरबासीलाई हैरानी गर्नेमाथि कार्बाही चेतावनी समेत घोषणा गरेका छन । वडाको समस्या पहिचान गरेर समाधान गर्ने, खेलकुद शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने बताएका छन ।

No description available.

‘सधै कोरा भाषण गर्ने खादा ओढ्ने तथा आमुल्य समय बर्बाद गरी नगरको विकासमा ध्यान नदिने प्रथा जरैदेखि उत्ख्नन गर्छु, ‘सिहले भने, ‘नगरपालिकालाई स्वच्छ तथा सम्बृद्धि बनाउँदै रचनात्मक परिमाणमुखी काम गर्छु ।’ हलो मेयर कार्यक्रम सचालन गरेर जनताका जनगुनासा सम्बोधन गर्दै जनतालाई उच्चतम सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन । सिहको स्वतन्त्र उम्मेदवारी घोषणा कार्यक्रमको उद्घाटन गर्दै कञ्चनपुरका धुम्रपान निषेधका अभियन्ता तथा समाजसेवी मदन बहादुर चन्दले भ्रष्टाचार मुक्त गर्दै नगरको दिगो विकासका लागि सीप क्षमता भएका युवाको खाँचो रहेको उस्ता युवा सिह नै भएको बताएका छन । सिहका सर्मथकहरुले गाँउ गाँउमा गएर प्रचारबाजी गर्दै दक्ष, सीपयुक्त एव ईमान्दारलाई जिताउन खटिने बताएका छन ।

ताजा समाचार