कञ्चनपुर : कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाले शिक्षक डम्बर दत्त जोशीलाई नगर शिक्षा समितिको सदस्यमा मनोनित गरेको छ । दोधाराचाँदनी नगरपालिका कार्यपालिका बैठकले शिक्षक जोशीलाई पुन नगर शिक्षा समिति सदस्यमा मनोनित गरेको हो ।

यस अघि पनि जोशी नगर शिक्षा समितिमा थिए । भावि माविका कार्यरत शिक्षक जोशीले नगरको शिक्षा विकासका लागि पु¥याएको योगदानका आधारमा उनलाई फेरी नगरपालिकाले नगर शिक्षा समितिमा मनोनित गरेको हो । झण्डै डेढ दशकदेखि शिक्षण पेशामा रहेका जोशी एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका उपाध्यक्ष हुन ।

उनले आफुलाई पाईएको जिम्मेबारी निर्भिकताका साथ कुसलतापुर्वक निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘हामीले हिजो पनि दिएको जिम्मेबारी पुरा गरे, आज पाईको जिम्मेबारी पनि पुरा गर्छु, ‘शिक्षक जोशीले भने, ‘मलाई मेरो कामको नगरपालिकाले विश्वास गरे अनुरुप नगरको शिक्षाको संस्थागत विकासमा खट्छु ।’

