कञ्चनपुर: शनिबार भोली कञ्चनपुरमा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन हुने भएकोछ । माओवादी निकट अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ सुप प्रदेशको प्रथम सम्मेलन हुन लागेको हो । भीमदत्त नगरपालिकाको सभा हलमा बिहान ११ बजेदेखि हुने अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ सुप प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा भएको आयोजकले जनाएको छ । अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष पकज रावलले महासंघको सुप प्रदेशको प्रथम सम्मेलन हुन लागेको बताए । बरिष्ठ उपाध्यक्ष रावलका अनुसार सम्मेलनको सम्र्पूण तयारी पुरा भईसकेको छ ।

उनका अनुसार अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ फ्याक्सन इन्चार्ज कल्पना थमलाको प्रमुख आथित्य, महासंघका केन्द्रीय अध्यक्ष डा. कृष्ण सागर शर्मा (पौडेल), माओवादी केन्द्र सुप प्रदेका अध्यक्ष हरिराम चौधरी, कञ्चनपुर इन्चार्ज टेकेन्द्र भट्ट, जिल्ला संयोजक खेम पाण्डे सहितका स्वास्थ्यकर्मी लगायतको उपस्थितिमा सम्मेलन उद्घाटन हुने छ । सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिने छ । सम्मेलनमा उपस्थितिका लागि आयोजकले कञ्चनपुरका स्वास्थ्यकर्मी, संचारकर्मी सहितलाई आमन्त्रण गरेको छ । सम्मेलनबाट सुदूरपश्चिमको स्वाथ्य सुधार एव नीति कार्यक्रम बारे योजना ल्याईनेछन ।

