सामुदायिक सुरक्षा जालोको उप समिति गठन

कञ्चनपुर : आर्दश महिला समाज नेपालले कञ्चनपुरको भीमदत्त नगरपालिकामा सामुदायिक सुरक्षा जालोको उप समिति गठन गरेको छ । आइतबार आर्दश महिला समाज नेपालले भीमदत्त नगरपालिकामा सामुदायिक सुरक्षा जालोको उप समिति गठन गरेको हो । भीमदत्त नगरकी महिला अगुवा मञ्जु केसीको अध्यक्षतामा सामुदायिक सुरक्षा जालो उप समिति गठन गरिएको छ ।

उपाध्यक्ष राधिका भाट, सचिव शुशिला शाही, कोषाध्यक्ष हेमा भट्ट, सदस्य शान्ति कलौनी, स्वस्तीका चौधरी, फुलु चौधरी, भागरथी भण्डारी शालु जैरु रहेका छन । आर्दश महिला समाज नेपालले कञ्चनपुरका माया नेगीले टेवा संस्थासंगको आर्थिक सहयोगमा सामुदाय भित्र महिलाको चौतर्फि बृद्धि विकासका साथै सुरक्षित बनाउने उदेश्य रहेको बताए । ‘हाम्रो समाजमा अझैपनि महिलामाथि विभिन्न विभेद तथा हिन्सा कायमै छन, ‘उनले भनिन, ‘सामुायिक सुरक्षा जालो मार्फत महिलामाथि हुने सबैखाले विभेद हिन्सा अन्त्य गछौँ ।’

ताजा समाचार