कञ्चनपुर: नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ मा संगठन विस्तार गरेको छ । मंगलबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले शुक्लाफाँटा नगरपालिका ३ मा संगठन विस्तार गरेको हो ।

माओवादी कञ्चनपुरकी नेतृ एव शुक्लाफाँटा नगरकी सह इन्चार्ज दुर्गा भट्टले सहमतीय आधारमा महिला संघ क्रान्तिकारीले वडा स्तरमा धमाधम भेला गर्दै नेतृत्व चयन गरिरहेको बताए । उपाध्यक्ष लक्ष्मी चौधरी, सचिव हिरा चौधरी, सह सचिव तुलसी चौधरी, कलसा धानुक, साविबी डगौरा, कोषाध्यक्ष जानकी टमाटा लगायत रहेका छन ।

