माओवादीबाट दलित महिला निरुकामी बनिन् महाकाली अस्पतालको सदस्य

कञ्चनपुर: महिलालाई राज्यका हरेक नेतृत्वमा ल्याउनुपर्ने नीति अनुरुप नेकपा माओवादी केन्द्रले एक दलित महिलालाई महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा सिफारिस गरेको छ । माओवादी केन्द्रले कञ्चनपुरकी नेतृ निरुदेवी कामीलाई महाकाली अस्पताल व्यवस्थापन समितिको सदस्यमा सिफारिस गरेको हो । माओवादीको सिफारिस अनुरुप कामी अस्पताल व्यवस्थापन समितिको सदस्यमा नियुक्त भएकी छिन । कामीलाई सुदूरपश्चिम प्रदेश मन्त्रीपरिष्दले अस्पताल व्यवस्थापन समितिको सदस्यमा नियुक्त गरेको छ ।

समाजिक विकासमन्त्री लाल बहादुर खडकाको सचिवालयका कर्मचारी लिला भाटले दलित समुदायबाट निरुकामी महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा मनोनित भएको समाजिक सञ्जालबाट जानकारी गराएकी छिन । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेकी निरुदेवीले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेकी छिन । डेढदशकदेखि राजनीतिमा सकृय निरुदेवी यस अघि दोधाराचाँदनी स्वास्थ्य चौकी व्यवस्थापन समितिको सदस्य, भानु बहुमुखी क्याम्पस संचालक समिति सदस्यको जिम्मेबारी निर्वाह गरिसकेकी छिन ।

हाल सिद्धनाथ मावि गड्डाचौकी विद्यालय व्यवस्थापन समिति सदस्य रहेकी निरुदेवीले पार्टीले थप जिम्मेबारी दिएको भन्दै उत्पिडित वर्ग समुदायका लागि माओवादीले अथक भूमिका निर्वाह गरेको बताईन । ‘वास्तविक रुपमा माओवादी पार्टीले हामी जस्ता निमुखा दलित, जनजाति विपन्नलाई हेरेको छ, ‘उनले भनिन, ‘पार्टीले हामी दलितलाई राज्यका निकायमा पु¥याउने काम गरेको छ ।’ दलितका नाममा केही डलर पचाउने र दलको प्रचारबाजी गर्ने र दलितका नाममा कमाईखाने भाँडो बनाउने काम गरेको उनको टिप्पणी छ । ‘वास्तविक रुपमा दलित र महिलालाई माओवादीले मात्रै हेरेको छ, ‘उनले भने, ‘पाटीले म माथि गरेको विश्वास खेर जान दिदैन ।’

ताजा समाचार