बाजुराको गरिबी दर निकै माथी

महेन्द्रनगर : बाजुराको गरिबी दर निकै माथी रहेको पाईएको छ । बाजुरामा ८५ हजार ८ सय ६७ जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्बजनिक भएको हो । बाजुराको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ रहेको छ । तर बाजुराको गरवि दर भने निकै माथी रहेको मानव अधिकार बर्ष पुस्तक २०२२ को तथ्याङकमा रहेको छ । २०६८ सालको जनगणना अनुसार बाजुराको जनसंख्या ४ हजार ८६ मात्र बढेको तथ्याङ्कले जनाएको छ ।
यो तथ्याङ्क लाइ हेर्ने हो भने बाजुरामा एक तिहाइ बढि जनसंख्या गरिवीको रेखामुनी रहेको पाइएको छ । अन्य जिल्लाको तुलनामा बाजुरामा सबै भन्दा बढि जनसख्या गरिविको रेखामुनी रहेको पाइएको छ । २०६८ सालमा बाजुराको जनसंख्या १ लाख ३४ हजार ९ सय १२ रहेको थियो । २०७८ को प्रारम्भिक नतिजा अनुसार महिला ७१ हजार ३ सय ९० र पुरुष ६७ हजार ६ सय ८ रहेको छ ।
बाजुरामा पुरुष भन्दा महिला ३ हजार ७ सय ८२ जना बढी देखाएको छ । २०७८ को प्रारम्भिक नतिजा अनुसार २३ हजार ८ सय ९१ घर संख्याको गणना गरिएको उल्लेख गरिएको छ । बाजुरामा परिवार संख्या २८ हजार ९ सय २२ रहेको जनाएको छ । बाजुराको लैंगिक अनुपात ९४.७० रहेको छ । परिवारको आकार ४.८१, जनघत्व ६४ रहेको छ । बाजुराको बार्षिक बृद्धि दर ०.२९ प्रतिशत रहेको तथ्याङ्कमा सार्वजनिक भएको छ ।

ताजा समाचार