पुर्व विद्यार्थी नेता सिके माओवादी केन्द्र प्रदेश सदस्यमा मनोनित


कञ्चनपुर : पुर्व विद्यार्थी नेता अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्ष सिके भट्ट नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको सदस्यमा मनोनित भएका छन । विद्यार्थी आन्दोलन कञ्चनपुरका हस्तीका रुपमा परिचित सिकेलाई माओवादी केन्द्र सुुदूरपश्चिम प्रदेशको सदस्यमा मनोनित गरिएको छ । माओवादी केन्द्र सुप प्रदेश कमिटीले सिकेलाई प्रदेश सदस्यमा मनोनित गरेको हो ।

सिकेसंगै महाकाली अस्पतालका निर्वतमान अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर), माओवादी नेता कैलाल सुनार, दिपक खत्री, राम बहादुर गुरुङ्गलाई प्देश सदस्यमा मनोनित गरेको छ । माओवादी केन्द्र सुप प्रदेशको सदस्यमा मनोनित भएका पुर्व विद्यार्थी नेता एव माओवादी कञ्चनपुरका युवा नेता सिके भट्टले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘पार्टीले जुन मलाई जिम्मेबारी दियो, ‘त्यो निर्भिकताका साथ पुरा गर्छु, ‘उनले भने, ‘माओवादी पार्टीलाई कञ्चनपुर सहित प्रदेशमा उत्कृष्ठ स्थानमा पु¥याउन हरकदम प्रयास गर्छु ।’


ताजा समाचार

spot_img