माओवादी केन्द्र कञ्चनपुरको संयोजक


कञ्चनपुर: नेकपा माओवादी केन्द्र कञ्चनपुरको नेतृत्व युवा नेता खेम पाण्डेको बाँधमा आएको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिले कञ्चनपुरको संयोजकमा खेम पाण्डेलाई मनोनित गरेको छ । माओवादी केन्द्र कञ्चनपुरको संयोजकमा पाण्डेसंगै सचिवमा सहबिर नेपालीलाई मनोनित गरेको छ । माओवादी युवा नेता पाण्डेलाई माओवादी केन्द्र कञ्चनपुर जिल्लाको समन्वय समिति संयोजकको जिम्मेबारी पाईएको हो ।

लामो समयदेखि माओवादी केन्द्र कञ्चनपुरमा नेतृत्व बिहिन थियो । माओवादी र एमाले विच एकता पछि फुटभएदेखि माओवादी केन्द्र कञ्चनपुर नेतृत्व बिहिन थियो । माओवादी केन्द्र कञ्चनपुरको संयोजकको जिम्मेबारी पाएका खेम पाण्डेले पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउँदै आगामी चुनावमा होमाउने बताए । ‘माओवादी पार्टीको संरचना संविधान अनुरुप बनेको छ, ‘माओवादी केन्द्र कञ्चनपुरका नव संयोजक पाण्डेले भने, ‘पार्टीलाई आगामी स्थानीय तहको चुनावमा होमाउँछु ।’

जिल्लाको नेतृत्व पाएसंगै आफुले पार्टीलाई माओवादीमय बनाउने घोषणा गर्दै उनले पार्टीकै संघर्षबाट प्राप्त उपलब्धीको रक्षा गर्दै अघि बढ्ने बताए । पार्टीको नीति, सिद्धान्त एव विचार अनुरुप जिल्लामा एक नम्बरको पार्टी बनाउने घोषणा गर्दै संयोजक पाण्डेले त्यसका लागि हर प्रर्यत्न गर्ने बताए । झण्डै ३ दशकदेखि राजनीति गर्दै आएका माओवादी युवा नेता पाण्डेले जिल्लाको नेतृत्व पाएसंगै पार्टीलाई जनमुखी बताउने बताउँदै पार्टीले दिएको जिम्मेबारी कुसलतापुर्वक सम्पन्न गर्ने प्रतिद्धता जाहेर गरेका छन ।


ताजा समाचार

spot_img