कञ्चनपुर : नेकपा एमालेले कञ्चनपुरका पालिका स्तरका नेता कार्यकर्तालाई प्रशिक्षण गरेको छ । एमालेले एकैदिन शनिबार कञ्चनपुरका सबै पालिकामा नेता कार्यकर्तालाई प्रशिक्षण गरेको हो । बेलडाँडी, बेलौरी, लालझाडी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधाराचाँदनीमा एक साथ भेला भएको छ ।

एमाले कञ्चनपुरका नेता एव भीमदत्त नगरपालिका अध्यक्ष हिमाल चन्दले एकसाथ जिल्लामा रहेका पालिका नेता कार्यकर्तालाई प्रशिक्षण गरेको बताए । एमाले भीमदत्त नगरका अध्यक्ष चन्दले भीमदत्त नगरमा एमाले नेता लिलाधर भट्ट, भक्त बहादुर अधिकारीले निर्वाचन लक्षित प्रशिक्षण गरेको बताए ।

एमाले बेलडाँडीका युवा नेता विक्रम थापाले बेलडाँडीमा एमाले केन्द्रीय सदस्य कमला बोहरा एमाले नेता विष्णू अवस्थी खेम सुवेदीले प्रशिक्षण गरेको बताए । जिल्लाभरी पालिका स्तरका नेता कार्यकर्ता प्रशिक्षण गर्दैं एमालेले चुनावमा होमिन आब्हान गरेको छ ।







