शुक्लाफाँटा: शुक्लाफाँटा नगरपालिकामा महेश भट्टको नेतृत्वमा वडा सचिव हकहित संरक्षण मञ्च गठन गरिएको छ । बिहिबार शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडा कार्यालयहरुमा कार्यरत वडा सचिवहरूको भेलाले दैनिक कार्य सम्पादनमा आउने समस्याहरु मिलेर समधान गर्न भन्दै वडा नं ७ मा कार्यरत वडा सचिव महेश भट्टको अध्यक्षतामा १२ सदस्यीय हकहित संरक्षण मञ्च गठन गरेको हो । दैनिक गरिने कार्यसम्पादन तथा बेला बखत पर्ने समस्याहरूको समाधान तथा एक आपसमा सहकार्य गर्न हकहित संरक्षण मञ्चको गठन गरिएको भेलामा सहभागी वडा सचिवले बताएका छन् ।

नव गठित वडा सचिव हकहित संरक्षण मञ्च, गाविस हकहित संरक्षण मञ्चले जस्तै कार्यक्षेत्रका कर्मचारी र प्रशासनसँग सम्बन्धित आउने समस्यालाई सहज बनाउन मद्दत मिल्ने गरी गठन गरिएको वडा सचिव हकहित संरक्षण मञ्चका अध्यक्ष भट्टले बताउनुभयो । बिहिबार शुक्लाफाँटामा गठन गरिएको हकहित संरक्षण मञ्चको सचिवमा वडा नम्बर १० का सचिव देवराज पन्त, कोषाध्यक्षमा वडा नम्बर ११ का सचिव अम्मरा जोशी चयन भएका छन् । यस्तै कार्य समितिमा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ८, ९ र १२ वडाका क्रमस सचिवहरू लालबहादुर कठायत, प्रेम प्रकाश जोशी, श्यामलाल डगौरा धना पन्त, टेकराज पाण्डेय, हरिलाल चौधरी, नारायण दत्त जोशी,डम्बर राज जोशी र टिकाराम चौधरी बिहिबार गठित हकहित संरक्षण मञ्चको सदस्यमा चयन भएका छन् ।







