सयौँ युवाले राप्रपा प्रवेस गरे : कञ्चनपुर अध्यक्ष चन्द


कञ्चनपुर : कञ्चनपुरका सयौँ युवाले राष्ट्रिय प्रजातन्त्र पाटी प्रवेस गरेका छन । बुधबार कञ्चनपुरको भीमदत्त, बेदकोट र कृष्णपुर नगरपालिका क्षेत्रका सयौँ युवाले राप्रपा प्रवेस गरेका हुन । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले राप्रपामा युवाहरुको लहर बढ्दै गएको बताए । उनका अनुसार एकै दिन जिल्लाका विभिन्न स्थानबाट सयौँ युवाले प्रवेस गरेका छन । राप्रपामा जिल्लादेखि केन्द्रसम्म युवाले नेतृत्व पाएसंगै कञ्चनपुरमा समेत युवाहरुको रोजार्ई राप्रपा भएको अध्यक्ष चन्दले बताए ।

अध्यक्ष चन्दका अनुसार एमाले दार्चुला जिल्ला सदस्यदेखि पुर्व डिएपी, काँग्रेस, समाजवादी, माओवादी सहितका युवाहरुले राप्रपा प्रवेस गरेका छन । काँग्रेसबाट बिन्दु जोशी, पार्वती जोृशी, लाल खत्री, यादव विष्ट, तपेन्द्र पाण्डेय, कुम्भ चन्द, एमालेबाट अर्जुन बोहरा, प्रकास अवस्थी, हरिसिह भाट, रमेश लुहार, माओवादीबाट राधेमिलन जोशी, बिराट चन्द, जसपाका रतनराज जोशी, दोधाराचाँदनी नेत्र सहायक शुशाक्न शाह, पुर्व डिएसपी दुर्गादत्त पन्त सहितका सयौँ युवाले राप्रपा प्रवेस गरेका छन । राप्रपा कञ्चनपुरका अध्यक्ष चन्दले दैनिक राप्रपामा युवाहरुको आकर्षण बढिरहेको बताए । राप्रपा भीमदत्त नगरका अध्यक्ष करन पालले भीनपा १०जिमुवा, १३पिपरैयाबाट विभिन्न पार्टी परित्याग गरेर राप्रपा प्रवेस गरेको बताए ।

राप्रपा प्रवेस गर्नेहरुलाई जिल्ला अध्यक्ष चन्द सहित, प्रदेश अध्यक्ष धर्मराज जोशी, प्रवक्ता ज्ञानेन्द्र बहादुर शाही सहितका नेताहरुले पार्टीमा स्वागत गर्र्दै राष्ट्रियता, भ्रष्टाचार सहित सुशासनका लागि राप्रपामा युवाहरुलाई उचित जिम्मेबारी दिने बताएका छन । बुढापाखा, पञ्चहरुको पार्टीको रुपमा परिचित राप्रापा कञ्चनपुरमा राप्रपा नेतृत्व युवा गजेन्द्र बहादुर चन्दले पाएसगै युवाको पार्टी समेत बनिरहेको राप्रपा जेष्ठ नेताहरुको अनुभवछ ।


Loading Viewer...

ताजा समाचार

spot_img