पुनर्वासमा अखिल नेपाल महिला संघद्वारा महिला दिवस मनाईयो

पुनर्वास: कंचनपुरको पुनर्वास नगरपालिका-३ रामबस्तीमा अखिल नेपाल महिला संघद्वारा अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । मंगलबार रामबस्ती स्थित राम युवा क्लबको खेलमैदानमा अखिल नेपाल महिला संघ पुनर्वासकी अध्यक्ष हिनिमाया तामाङको सभाध्यक्ष तथा महिला संघ सुदुरपश्चिम प्रदेश सदस्य शुसिला खत्रीको प्रमुख आतिथ्यमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाएको हो ।
No description available.
कार्यक्रममा उपस्थित अतिथीहरुले महिलाहरुका हकहितका विषयलाई सम्बोधन गर्दै महिला माथी समाजमा हुने हिंसा र मुद्दा महिलाबाट नै उठान हुन जरुरी रहेको बताएका थिए । त्यस्तै कार्यक्रममा महिला संघ पुनर्वास नगरपालिका-३ को वडा कमिटी समेत गठन गरेको थियो । महिला संघ नगर कमिटी सदस्य विष्णु नेपालीले संचालन गरेको सम्पुर्ण कार्यक्रमलाई व्यवस्थापन नेकपा एमाले पार्टीका ३ नम्बर वडा सचीव धनलाल मोक्तानले (धनराज) गरेका थिए ।

ताजा समाचार