सानाहात हरु नेपालद्धारा बेचबिखन विरुद्धको सचेतना मुलक पोष्टर पम्पलेट वितरण


महेन्द्रनगर : मंगलवार ८ मार्च अर्थात् ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइनुका साथै नेपालमा समेत विभिन्न कार्यक्रमका साथ महिलाहरुले उत्सव मनाएका छन् । कञ्चनपुरमा पनि नारी दिवसको उपलक्ष्यमा सानाहातहरु नेपालले मानव बेचबिखन विरुद्धको सचेतना मुलक पोष्टर पम्पलेट वितरण गरेका छ ।

बसपार्कमा रहेका अटो, ईरिक्सा, बिंगरहरुमा ५० भन्दा बढी सचेतना मुलक पोष्टर पम्पलेट वितरण गरिएको सानाहात हरु नेपालका स्टेसन म्यानेजर रन्जना सुनामले जानकारी दिईन् । अहिले पनि महिलाहरु सुरक्षित नभएको अवस्थामा नाकामा संचालित सवारी साधनका सचालकहरुलाई सचेतना दिनको लागि वडा प्रहरी कार्यालय, अश्थायी प्रहरी बिट र सानाहातहरु न्ेपालको संयुक्त सहकार्यमा उक्त कार्यक्रम गरिएको सानाहात हरु नेपालका स्टेसन म्यानेजर सुनामले जानकारी दिईन् ।


Loading Viewer...

ताजा समाचार

spot_img