कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १० का विभिन्न खेलमा आवद्ध खेलाडीको आत्मवल बढाउनका लागि आज खेलकुद सामग्री वितरण गरिएको छ । वडा कार्यालयको ? ८५ हजार रकमबाट शुक्लाफाँटा कृष्णसार फाउण्डेसन(एसविविएफ)ले फुटवल, क्रिकेट, भलिवल खेलमा आवद्ध खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको हो । सामाजसेवी तेज बहादुर शाहले तीन वटै खेलका खेलाडीलाई खेलकुद सामग्री वितरण गरेका छन ।

खेलकुद सामग्री वितरण गर्नु हुदै सामाजसेवी शाहले खेलकुदमा क्रियाशिल खेलाडीलाई थोरै भएपनि वडा कार्यालयले सहयोग गरी खेलाडीको हौसला बढाउने कार्य गरेको बताए । वितरण गरिएका सामग्रीमा व्याट, व्याटिङ ग्लव्स, किपिङ ग्लव्स, टेनिस बल, डयुस वल, फुटवल नेट, फुटवल, विकेट, भलिवल, भलिवल नेट, क्रिकेट म्याट लगायत रहेको फाउण्डेसनका अध्यक्ष विवेक रावलले बताए । खेलकुद सामग्री वितरण कार्यक्रममा फाउण्डेसनले वडामा रहेका राष्ट्रिय स्तरको खेलकुदमा सहभागीता जनाउदै आएका क्रिकेट खेलाडीलाई सम्मान पत्र प्रदान गरी सम्मानित समेत गरेको छ । सम्मानित हुनेमा सरोज ऐर, कैलास ऐर, साजन गौतम, सुभेश रावल रहेका छन ।







