विगएजुकेशन फाउण्डेशनको शाखा कार्यालय उद्दघाटन सम्पन्न


कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ स्थित क्याम्पसरोडमा विगएजुकेशन फाउण्डेशनको शाखा उद्दघाटन गरिएको छ । शनीबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषी धमलाले फाउण्डेसनको शाखा उदघाटन गरेका थिए ।उदघाटन कार्यक्रममा प्रमुख अतिथि धमलाले यस समयमा पढाई सबै भन्दा मुख्य वस्तु भएको बताए । उनले भने ‘ हामी अक्सीजन बिना बाच्न सक्दैनौ भने शिक्षा बिना सफलता हासिल गर्न सकिदैन् आज हरेक क्षेत्रमा शिक्षाको निकै महत्वपुर्ण भुमिका रहेको छ । त्यसैले सफलता प्राप्त गर्न चाहने हर कोइले शिक्षा हासिल गर्न जरुरी छ । र यस विग एजुकेशन फाउण्डेशनले यहाँका युवायुवतिलाई शिक्षा हासिल गर्न मद्दत गर्ने आफुले विश्वास लिएको बताए ।

उच्च शिक्षा हासिल गर्न सहयोग गर्नुका साथै विदेश जान चाहने युवा युवतिको लागि पनि विदैशिक भाषाहरु सिकाउने लक्ष्य लिएको फाउण्डेशनका सञ्चालक राजेन्द्र प्रसाद भट्टले बताए ।केन्द्रीय कार्यालय काठमाडौं रहेको उक्त फाउण्डेशनको शाखा कार्यालय कञ्चनपुरमा स्थापना गरिएको हो । जसले अहिले सम्म सफलताका साथ युवा युवतीहरुलाई उच्च शिक्षा हासिल गर्नुको साथैं वैदेशिक रोजगारीमा जान सहयोग गरेको फाउण्डेशनका संस्थापक सुरज के.सीले बताए । यहाँका स्थानिय युवा युवतिहरुलाई उच्च शिक्षा प्रदानगर्ने साथै वैदेशिक रोजगारीमा जानका साथै उच्च शिक्षा हासिल गराउने उद्देश्यले आफुहरुले यस फाउण्डेशनको स्थापना गरेको सञ्चालक सुमन भट्टले बताए ।


ताजा समाचार

spot_img