भीनपा १५ मा नेपाली काग्रेसको वडा कार्यालय विस्तार


कञ्चनपुर : कञ्चनपुर जिल्लाको भीनपा १५ मा नेपाली काग्रेसले वडा कार्यालय स्थापना गरेको छ । शनिवार कार्यक्रमको आयोजना गरि आगामी चुनावलाई मध्य नजर गर्दै वडा कार्यालय स्थापना गरेको हो । अहिले सम्म झोलामा लेटर प्याड र छाप राखेर कार्य गर्दै आईरहको यस वडा कार्यालयले कार्यालय स्थापना गरी अब देखि कार्यालय बाट नै पुर्ण सेवा गर्नुको साथै कार्यकर्ता विस्तार गर्ने नेपाली काग्रेसकी प्रदेश सदस्य निलम लेखक जोशीले बताईन् ।

नेपाली काग्रेस वडा कार्यालय स्थापना पछि कार्यकर्ता भेटघाट र सबैलाई सहज गरिे भीमदत्तनगरपालिका १५को निम्बुखेडा स्थिीत वडा कार्यालयको नजिकै कार्यालय स्थापना गरेको भीनपा १५ का नेपाली काग्रेसका सभापति भीमदत्त भट्टले बताए । वडा कार्यालय उदघाटन कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य यज्ञराज जोशीले नेपाली काग्रेस पार्टी वडा स्तरबाट बलियो भएर आउनुको साथै सबै कार्यकर्तालाई जोडने विश्वास लिएकोे बताए ।

नेपाली काग्रेस भीनपा १५को वडा कार्यालय उदघाटन समारोहको सभापतित्व नेपाली काग्रेस भीनपा १५ का वडा अध्यक्ष भीमदत्त भट्टले गरेका थिए, प्रमुख अतिथीमा नेपाली काग्रेसका केन्द्रीय सदस्य यज्ञराज जोशी रहनु भएको थियो भने कार्यक्रम सञ्चालन दिपक प्रसाद भट्टले गर्नु भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img