वडा स्तरीय क्रिकेट प्रतियोगिता आज तिन खेल सम्पन्न


महेन्द्रनगर : दोधारा चाँदनीमा चलिरहेको वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार तिन खेल भएका छन् । बुधबार भएका तिन खेलमा दोधारा चाँदनी वडा नं. ५, वडा नं. ४ र भीमदत्त नगरपालिका वडा नं. १४ को टिम विजयी भएका हुन् । दोधारा चाँदनी नगरपालिका–१ भर्सेस दोधारा चाँदनी ५ विच भएको पहिलो खेलमा दोधारा चाँदनी वडा नं ५ को टिम ७ विकेटले विजयी भएको छ । टस जितेर फिल्डिङ गरेको वडा नं. ५ ले वडा नं. १ लाई ५१ रनमा प्याक गरेको थियो । ५२ रनको लक्ष्य पक्षाउदै जवाफि व्यटिङ्मा उत्रेको वडा नं. ५ ले ६ ओभरको खेलको समाप्तीमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । खलेमा उत्कृष्ट बलिङ गरेका दोधारा चाँदनी ५ का सुनिल चन्द प्ले अफ द म्याच भए ।

त्यसैगरी दोधारा चाँदनी नगरपालिका वडा नं. ४ भर्सेस भीमदत्त नगरपालिकाको वडा नं. १२ विच भएको दोस्रो खेलमा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४ को टिम रनले विजयी भएको छ । टस जितेर व्यटिङ रोजेको वडा नं. ४ ले १ सय २३ रनको लक्ष्य दिएको थियो । जवाफि व्यटिङ गरेको भीमदत्त नगरपालिका १२ को टिमले उक्त लक्ष्य भेट्टाउन सकेन । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का खेलाडी राजेस साउँद प्ले अफ दि म्याच भए । दोधारा चाँदनी नगरपालिका वडा नं. २ ‘बि’ भर्सेस भीमदत्त नगरपालिका वडा नं. १४ विच भएको तेस्रो खेलमा भीमदत्त नगरपालिकाको वडा नं. १४ को टिम ३२ रनले विजयी भएको छ । भीमदत्त नगरपालिका वडा नं. १४ को टिमले टस जित्दै व्याटिङ गरको भीमदत्त नगरपालिका वडा नं. १४ को टिमले पुरै १५ ओभरको खेल खेल्दै १ सय ३४ रन बनाएको थियो ।

भने दोधारा चादनी नगरपालिका वडा नं. २‘बि’ पुरै १५ ओभर खेल्दै १ सय २ रन मात्र बनाउन सफल भएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका भीमदत्त नगरपालिका १४ का विष्णु खाति प्ले अफ दि म्याच बनेका थिए । प्रतियोगिता दोधार चादनी नगरपालिका–१ स्थीत पशुपति बोर्डिङ स्कूलको खेल मैदानमा भईरहेको छ । ईलेवन स्टार युथ क्लवको आयोजनामा सञ्चालन भईरहेको वडा स्तरीय क्रिकेट प्रतियोगितमा दोधारा चादनी नगरपालिका, भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाका १६ टिमको सहभागिता रहेको छ । समुह ए’ मा दोधारा–चादनी वडा नं. ३, ९,भीमदत्त १७ र भीमदत्त १० को टिम रहेका छन भने समुह वि’ मा दोधारा चादनी १, ५, भीमदत्त ४, र भीमदत्त १३ को टिम रहेका छन ।

त्यसैगरी समुह सि’ मा दोधारा–चाँदनी २‘ए’, दोधार चादनी ४, दोधारा चादनी६ र भीमदत्त १२ को टिम रहेका छन भने समुह डि’ मा दोधारा चादनी २‘वि’, दोधारा चादनी८ , भीमदत्त १४ र बेदकोट १ को टिम रहेका छन । पहिलो चरणका खेलहरु फागुन २४ गतेसम्म हुनेछन भने क्वाटर फाईनका खेलहरु २४ गतेदेखि २५ गते हुनेछन । भने सेमीफाईनलका खेलहरु २६ गते सम्पन्न हुनेछन । फाईनल खेल भने २७ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि जित्ने टिमलाई नगद एक लाखसंगै ट्रफी, दितिय हुने टिमलाई ५० हजार सहित ट्रफि पाउने छ । त्यसैगरी म्यानअफ दि सिरिज लाई नगद रु ५ हजार का साथै ट्रफि दिईने छ । बेष्ट वलर र बेष्ट व्याट्समेनलाई नगद २ हजार ५ सयका साथै ट्रफि प्रदान गरिनेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img